
-मुख्यमन्त्रीले माँ स्कन्दमातालाई वात्सल्य, ममता र पोषणकी अधिष्ठात्री देवी बताए
लखनऊ, 15 अक्टोबर (हि.स.)। मुख्यमन्त्री योगी आदित्यनाथले जगतजननी माँ भगवतीको स्कन्दमाता स्वरूपलाई वात्सल्य, स्नेह र पोषणकी अधिष्ठात्री देवी बताए। उनले भने, माँ स्कन्दमाताको पूजा गर्नाले हामीलाई यो पवित्र सन्देश दिन्छ कि नारीशक्ति स्वस्थ, शिक्षित एवं समर्थ भयो भने मात्र राष्ट्रको वर्तमान सुरक्षित अनि भविष्य उज्ज्वल हुन्छ।
योगीले 'एक्स'- मा पोस्ट गरे, वर्ष 2017 भन्दा पहिला छोरीहरूलाई सशक्त बनाउनको सट्टा पूर्ववर्ती सरकारहरूले आफ्नो राजनीतिक स्वार्थलाई पोषित गर्नमा मात्र व्यस्त थिए। राज्यमा आमाहरूको स्वास्थ्य र छोरीहरूको शिक्षा घोर उपेक्षा एवं भ्रष्टाचारद्वारा ग्रस्त थियो। अस्पतालको खराब अवस्था, औषधिहरूको अभाव तथा कमजोर संस्थागत प्रसवको लाचार व्यवस्थाको कारणले आमा-शिशु मृत्युदर चिन्ताजनक स्थितिमा पुगेको थियो।
मुख्यमन्त्रीले लेखे, विगत साढे नौ वर्षभित्रमा डबल इञ्जिन सरकारले यस्तो स्थितिलाई परिवर्तन गरेको छ। यसअघि राज्यका लाखौँ छोरीहरू सुविधाको अभावमा विद्यालय छोड्न बाध्य थिए, तर विगत साढे नौ वर्षमा डबल इञ्जिनको सरकारले छोरीको जन्मदेखि लिएर उनीहरूको शिक्षा एवं सुरक्षित मातृत्वसम्म समग्र सुरक्षा अनि कल्याण चक्र तयार गरेको छ।
मुख्यमन्त्रीले वर्ष 2017- पछि परिवर्तन भएको परिदृश्यमाथि पनि ध्यानाकर्षण गराए। उनले बताए, अपरेशन कायाकल्पबाट प्राथमिक विद्यालयमा आधारभूत सुविधाहरूको सेचुरेशन 36-देखि बढेर 96 प्रतिशतभन्दा बढी पुगेको छ। स्कूल ड्रप आउट रेट 20-देखि घटेर 3 प्रतिशतभन्दा कममा झरेको छ। अटल आवासीय विद्यालयको माध्यमबाट श्रमिक अनि वञ्चित वर्गका छोरीहरूलाई आधुनिक, विश्वस्तरीय आवासीय शिक्षा प्राप्त भइरहेको छ। कस्तुरबा बालिका विद्यालयहरूमा कक्षा 12 सम्म शिक्षाको सुविधाको विस्तारबाट छोरीहरूलाई आफ्नो शिक्षा पूरा गर्ने अवसर प्राप्त भइरहेको छ। मुख्यमन्त्रीले भने, छोरीहरूको शिक्षामा लगानी गर्नु भनेको उनीहरूको आत्मविश्वास र राज्यको भविष्यलाई सशक्त बनाउनको लागि लगानी गर्नु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा