
गान्तोक, 15 अक्टोबर (हि.स.)। सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति ए मुहम्मद मुस्ताकले बिहीवार लोकभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरेका छन्।
यस भेटको क्रममा न्यायमूर्तिले राज्यपाललाई केरल राज्यका राज्यपाल पदमा नियुक्त भएकोमा हार्दिक बधाई दिए तथा उनको सफल एवं समृद्ध कार्यकालका लागि आफ्नो शुभकामना प्रेषित गरे।
अर्कोतिर, लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज लोकभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरेका छन्। यस अवसरमा राज्यपालको सिक्किमे जनताप्रति उनको निरन्तर मार्गदर्शन, स्नेह र योगदानका लागि हृदयले आभार व्यक्त गरे। यसका साथै उनले राज्यपाललाई केरल राज्यका नयाँ राज्यपाल पदमा नियुक्त भएकोमा हार्दिक बधाई दिए तथा उनको आगामी सफल एवं समृद्ध कार्यकालका लागि आफ्नो तर्फबाट शुभकामना पनि प्रेषित गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल