भाजपाका प्रदेश अध्यक्ष दिलीप सैकियाले असमवासीहरूलाई दुर्गा पूजाको शुभकामना दिए
दिलीप सैकिया। Dilip Saikia


गुवाहाटी, 16 अक्टोबर (हि.स.)। असम प्रदेश भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष दिलीप सैकियाले शारदीय दुर्गोत्सवको शुभ अवसरमा राज्यका सबै जनतालाई हार्दिक शुभकामना दिएका छन्।

शुक्रवार जारी एक बयानमा सैकियाले कामना गरे, माँ दुर्गाको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्य सञ्चार होस्। उनले दुष्टताको विनाश र असलको स्थापनाको प्रतीक दुर्गा पूजाले समाजमा एकता, सद्भाव, भाइचारा एवं मानवीय मूल्यमान्यतालाई अझ सुदृढ़ पार्ने बताए।

सैकियाले असमको समृद्ध सम्पदा, सांस्कृतिक परम्परा तथा सामाजिक सद्भावको बन्धनलाई बलियो बनाउन जोड़ दिए। उनले सबै जनतालाई शान्तिपूर्ण, प्रगतिशील र समृद्ध असम निर्माण गर्ने संकल्प लिएर एकजुट भएर अगाडि बढ्ने आह्वान गरे।

उनले माँ दुर्गाले सबैको जीवनमा अपार सुख, नयाँ आशा तथा सफलता ल्याउने आशा व्यक्त गरे।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande