नेपालका बाढी पीडितहरूका लागि ३३३ करोड रुपियाँका राहत कार्यक्रम स्वीकृत, 487 करोडको प्रस्ताव विचाराधीन
नेपाल में आई बाढ़ आपदा का दृश्य


काठमाडौँ, १६ अक्टोबर (हि.स.)। नेपालमा बाढी पीडितहरूलाई सहायता प्रदान गर्न गैरसरकारी संस्था (एनजीओ) तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले ३३३ करोड रुपियाँका राहत कार्यक्रम स्वीकृत गराएका छन्।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एवं सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको समाज कल्याण परिषद्बाट यी कार्यक्रमहरूले स्वीकृति पाएका हुन्।

समाज कल्याण परिषद्का अनुसार, भोटेकोशी बाढी पीडितहरूलाई लक्षित गरी हालसम्म ३१८ वटा गैरसरकारी संस्थाले ३२१ वटा कार्यक्रम स्वीकृत गराएका छन्। यी सबै कार्यक्रमको कुल बजेट ३ अरब ३३ करोड ६२ लाख ७२ हजार ९५८ रुपियाँ रहेको छ।

बाढी प्रभावित क्षेत्रमा आपदा राहत तथा प्रतिकार्यसम्बन्धी कामका लागि अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूले १४९ भन्दा बढी परियोजनाअन्तर्गत १२८ करोड रुपियाँका कार्यक्रम परिषद्बाट स्वीकृत गराएका छन्।

यसका अतिरिक्त, १३ वटा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाले भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि ४८७ करोड रुपियाँका कार्यक्रम प्रस्ताव गरेका छन्। यी प्रस्तावहरू हाल स्वीकृतिको प्रक्रियामा रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande