‘यमुना जाऔँ अभियान’: दिल्लीका ७० घाटमा बृहत् सरसफाई अभियान सञ्चालन
मुख्यमंत्री रेखा गुप्ता रविवार को ‘चलो यमुना अभियान’ के अंतर्गत आयोजित मेगा स्वच्छता अभियान में सहभागिता करते हुए


नयाँ दिल्ली, १८ अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आइतबार ‘यमुना जाऔँ अभियान’ अन्तर्गत आयोजित बृहत् सरसफाई अभियानमा सहभागिता जनाएकी छन्। उनको नेतृत्वमा दिल्लीका सबै ७० स्थानमा यमुनाका घाट तथा आसपासका क्षेत्रमा व्यापक सरसफाई अभियान सञ्चालन गरियो। यस जनअभियानमा हजारौँ युवा, आवासीय कल्याणकारी सङ्घ, गैरसरकारी संस्था, सामाजिक सङ्घसंस्था तथा जनप्रतिनिधिहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै माता यमुनाको स्वच्छताका लागि श्रमदान गरे।

मुख्यमन्त्रीले ‘यमुना जाऔँ’ अभियानको आह्वानमा दिल्लीका हजारौँ युवा, आवासीय कल्याणकारी सङ्घ तथा विभिन्न सामाजिक सङ्घसंस्थाले देखाएको उत्साह माता यमुनाप्रतिको दिल्लीवासीको आस्था र जिम्मेवारीको प्रतीक भएको बताइन्। आज सम्पूर्ण दिल्लीमा यमुनाका दुवै किनारमा नागरिकहरू सरसफाई अभियानमा जुटेको उनले उल्लेख गरिन्। सरकारको प्रयाससँगै समाजका प्रत्येक वर्गले सक्रिय सहभागिता जनाएमा मात्र यमुनालाई स्वच्छ बनाउने सङ्कल्प साकार हुने उनले बताइन्।

यस अभियानको उद्देश्य यमुना नदी र यसका घाटहरूको सफाइमा मात्र सीमित नरही नागरिकलाई यमुना संरक्षणप्रति जागरूक बनाउनु तथा स्वच्छतालाई जीवनशैलीको अभिन्न अङ्ग बनाउन प्रेरित गर्नु पनि रहेको छ।

मुख्यमन्त्रीले सबै दिल्लीवासीलाई यस जनसहभागितामूलक अभियानमा जोडिन तथा ‘यमुना प्रहरी’ बनेर माता यमुनाको स्वच्छता र संरक्षणमा योगदान दिन आह्वान गरिन्। उनले स्वच्छता केवल एउटा अभियान नभई जीवन जिउने पद्धति भएको बताउँदै यसलाई सबैले आफ्नो जीवनमा अपनाउनुपर्नेमा जोड दिइन्।

आज यमुनाको सफाईका क्रममा ठूलो परिमाणमा देवीदेवताका वस्त्र, खण्डित मूर्तिहरू, पूजासामग्री तथा अन्य फोहोर नदीवरपर फालिएको अवस्थामा भेटिएको मुख्यमन्त्रीले बताइन्। मानिसहरूले प्रायः पूजासामग्री र धार्मिक अवशेष यमुनामा विसर्जन गर्न ल्याएर छाड्ने गरेकाले नदी प्रदूषित हुने गरेको उनले उल्लेख गरिन्। माता यमुनाप्रतिको हाम्रो आस्था त्यतिबेला मात्र सार्थक हुने उनले बताइन्, जतिबेला नदीको स्वच्छ र निर्मल स्वरूप कायम राख्ने जिम्मेवारी पनि हामीले पूरा गर्नेछौँ।

मुख्यमन्त्रीले दिल्लीवासीलाई धार्मिक आस्थासँग सम्बन्धित सामग्री, देवीदेवताका वस्त्र, खण्डित मूर्तिहरू, प्लास्टिकका खोल तथा अन्य फोहोर यमुना नदी वा यसका घाटहरूमा नछाड्न आग्रह गरिन्। प्रत्येक नागरिकले आफ्नो व्यवहारमा परिवर्तन ल्याएर कुनै पनि प्रकारको फोहोर नदीसम्म पुग्न नदिने सुनिश्चित गर्नुपर्ने उनले बताइन्। यमुनाको स्वच्छता कुनै एउटा विभाग वा संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व भएको उनको भनाइ थियो।

मुख्यमन्त्रीले यमुनालाई प्रदूषणमुक्त बनाउन दिल्ली सरकारले विभिन्न तहमा निरन्तर काम गरिरहेको स्पष्ट पारिन्। यमुना नदीमा मिसिने नालाहरूलाई नदीबाट अलग गर्न ढल प्रशोधन केन्द्र तथा विकेन्द्रीकृत ढल प्रशोधन केन्द्र स्थापना गर्ने काम सुरु भइसकेको उनले जानकारी दिइन्। दिल्लीभरिका नालाहरूबाट थिग्रिएको माटो तथा फोहोर निकाल्ने काम पनि जारी रहेको छ।

गत वर्ष मात्रै नालाहरूबाट लाखौँ टन थिग्रिएको माटो निकालिएको थियो। नदीमा प्रदूषणका स्रोतहरूलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सरकारले यमुना सफाइसँग सम्बन्धित सबै आवश्यक कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको उनले बताइन्।

मुख्यमन्त्रीले साझा उद्देश्यका साथ हजारौँ नागरिक एकजुट भएर अघि बढ्दा जनसहभागिता ठूलो परिवर्तनको आधार बन्ने बताइन्। ‘यमुना जाऔँ अभियान’ सामूहिक सङ्कल्पको प्रतीक भएको उल्लेख गर्दै उनले यसमा प्रत्येक नागरिकको भूमिका महत्त्वपूर्ण रहेको बताइन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande