
नयाँ दिल्ली, १८ अक्टोबर (हि.स.)। विदेशमन्त्री डा. एस. जयशंकरले आइतबार पश्चिम बङ्गालको राजधानी कोलकातास्थित चोरबगान सार्वजनिक पूजा पण्डालमा भएको भागदौडप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
डा. जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “कोलकातामा भएको भागदौडबाट गहिरो दुःख लागेको छ। पीडित परिवारहरूप्रति मेरो गहिरोm समवेदना छ। घाइतेहरू शीघ्र स्वस्थ होऊन् भनी प्रार्थना गर्दछु।”
उल्लेखनीय छ, कोलकातास्थित चोरबगान सार्वजनिक पूजा पण्डालमा भएको भागदौडमा १९ जनाको मृत्यु भएको छ। तीमध्ये १७ जनाको घटनास्थलमै ज्यान गएको थियो। घटनामा कम्तीमा २५ जना घाइते भएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी