
श्रीनगर, 18 अक्टोबर (हि.स.): जम्मू-कश्मीरको गाँदरबल जिल्ला अधिनस्थ मानसबल क्षेत्रमा अवस्थित सीआरपीएफको शिविरभित्र आइतवार एकजना सीआरपीएफ जवानले आत्महत्या गरे।
अधिकारीहरूले बताए, न्सटेबल रणजित दासले मानसबलमा रहेको सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) शिविरभित्र नायलनको डोरीमा झुण्डिएर आत्महत्या गरे।
उनीहरूले बताए, दास असमको कामरूप जिल्लास्थित हाजो खण्डका बासिन्दा थिए र उनको शवलाई चिकित्सकीय-कानुनी औपचारिकताको लागि पठाइएको छ।
अधिकारीहरूले भने, दासले किन यो कदम चालेको हो भन्ने कुरा हाल थाहा पाउन सकिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा