ठूलो परिमाणमा ब्राउन शुगर सहित दुई जना पक्राउ
ठूलो परिमाणमा ब्राउन शुगर सहित दुई जना पक्राउ


सिलिगुडी, २३ अक्टोबर (हि.स.)। पूजाको मौसममा लागुऔषध तस्करी गर्ने प्रयासलाई बागडोगरा थाना पुलिसले विफल पारेको छ। मालदाको कालियाचकबाट सिलिगुडीमा ब्राउन शुगर आपूर्ति गर्ने प्रयासका क्रममा पुलिसले दुई युवकलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा इजराइल हक र वासी अहमद रहेका छन्। दुवै मालदा जिल्लाको कालियाचकका बासिन्दा हुन्।

उनीहरूदेखि २७७ ग्राम ब्राउन शुगर जफत गरिएको छ।

पुलिस सूत्र अनुसार, बागडोगरा थाना पुलिसले कोलकाता–सिलिगुडी राष्ट्रिय राजमार्गमा मुनी चिया बगान नजिकै बिहिवार राति दुई जना शङ्कास्पद युवकको तलासी लिएको थियो। त्यस क्रममा उनीहरूदेखि २७७ ग्राम ब्राउन शुगर जफत भएको थियो। पुलिसले घटनास्थलबाटै दुवैलाई पक्राउ गरेको हो।

प्रारम्भिक जानकारी अनुसार, आरोपीहरू कालियाचकबाट ब्राउन शुगर लिएर सिलिगुडी आएका थिए र यहाँ यसको आपूर्ति गर्ने योजना बनाएका थिए। पुलिसले उनीहरू विरुद्ध एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ। दुवैलाई शुक्रवार सिलिगुडी अदालतमा पेश गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande