वन विभागमा सरुवा प्रक्रियालाई व्यवस्थित गर्न मुख्यमन्त्रीद्वारा ईटीआरएस शुरु
वन विभाग में तबादलों को सुव्यवस्थित बनाने के लिए असम के मुख्यमंत्री द्वारा  ईटीआरएस लांच किए जाने का दृश्य


गुवाहाटी, २३ अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले शुक्रवार ‘इलेक्ट्रोनिक ट्रान्सफर र्यान्डमाइजेसन सिस्टम’ (ईटीआरएस) शुरु गरेका छन्। यसको उद्देश्य वन विभागको सरुवा प्रक्रियामा पारदर्शिता, निष्पक्षता र कार्यकुशलता बढ़िउनु हो।

मुख्यमन्त्री कार्यालय अनुसार, यस प्रणाली मार्फत सरुवाका लागि योग्य २ हजार १३७ कर्मचारीको सरुवा गरिएको छ। यस प्रणालीमा मानवीय तथा प्रशासनिक आधारमा आवश्यक छुट दिने व्यवस्था पनि रहेको बताइएको छ।

यस पहलको उद्देश्य वन विभागभित्र सरुवा प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउनु हो। यस अवसरमा असम सरकारका वनमन्त्री जयन्त मल्लबरुवा तथा विभागका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande