
सिलगढ़ी, 24 अक्टोबर (हि.स.)। शहरमा जाम, पार्किङ्ग समस्या एवं फुटपाथमा अतिक्रमणलई नियन्त्रण गर्नको लागि प्रशासनले पहल शुरु गरेको छ। शनिवार राज्यका पर्यटन मन्त्री तथा सिलगढ़ीका विधायक शङ्कर घोषले पुलिस आयुक्त, नगर आयुक्त र अन्य अधिकारीहरूसँग विधान मार्केटको निरीक्षण गरे। यस अवधि बजारको पूर्वाधार, सडक तथा पार्किङ्गको व्यवस्थाको जायजा लिइयो।
निरीक्षणपछि मन्त्रीले भने, शहरमा पार्किङ्ग प्रणालीलाई श्रेष्ठ बनाउनको साथै बस स्ट्याण्डको उचित उपयोग तथा आवश्यकता परे त्यसको पुनर्गठन गरिनेछ। पसल अगाडि थप पसलहरू राख्ने, फुटपाथहरू कब्जा गर्ने अनि अस्थायी संरचनाहरू निर्माण गरेर बाटो अवरुद्ध गर्नेहरूविरुद्ध पनि कारबाही गरिनेछ।
मन्त्रीले बताए, पहिला व्यापारी सङ्गठनहरूसित बातचित गरेर उनीहरूलाई अतिक्रमण हटाउनका लागि सम्झाइनेछ। दुर्गा पूजा, काली पूजा र दीपावलीको समयमा जागरूकता अभियान सञ्चालन गरिनेछ। त्यसपछि नोभेम्बरदेखि योजनाहरू कार्यान्वयन गर्ने दिशामा कदम उठाइनेछ।
यता भिनस मोड़, सेवक मोड़ तथा एयरभ्यु मोड़ जस्ता महत्वपूर्ण क्षेत्रहरूमा टोटो र अटोले सड़कमा उभिरहेका यात्रुहरूलाई वाहनमा चड़ाउँदा हुने जामको समस्यालाई पनि ध्यान दिइनेछ। ट्राफिक पुलिसले सर्वेक्षण गरी आवश्यक कदम चाल्नेछ। यसबाहेक केही क्षेत्रमा सड़क चौड़ा बनाउने सम्भावना बारे पनि विचार भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा