
श्रीनगर, २७ अक्टोबर (हि.स.)। जम्मु-कश्मीरमा नेशनल कन्फरेन्स (एनसी) को मन्त्रिपरिषदमा फेरबदललाई लिएर कायम रहेको अन्योल मङ्गलवार समाप्त भएको छ।
श्रीनगर स्थित लोक भवनमा उमर अब्दुल्लाको नेतृत्वमा रहेको सरकारमा नेशनल कन्फरेन्सका चार विधायक—अली मोहम्मद सागर, शमीमा फिरदौस, मीर सैफुल्लाह र अल्ताफ अहमद कालूले मन्त्री पदको शपथ लिएका छन्।
उपराज्यपाल मनोज सिन्हाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाए। शपथग्रहण समारोहमा विभिन्न वरिष्ठ राजनीतिक नेता तथा अधिकारीहरू उपस्थित थिए।
यस फेरबदलप्रति नेसनल कन्फरेन्सका वरिष्ठ नेता मुबारक गुल असन्तुष्ट छन्। मन्त्रिपरिषदमा स्थान नपाएपछि उनले निराशा व्यक्त गरेका छन्। लोक भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै गुलले भने, “मैले अहिलेसम्म ३० वटा शपथग्रहण समारोह देखेको छु। हरेक पटक मलाई बाहिर राखियो र आज पनि मलाई बाहिरै राखिएको छ।”
शमीमा फिरदौसले आफूले अब अझ् कड़ा मेहनत गर्ने बताइन्। मन्त्रिपरिषदमा सहभागी हुनुअघि मीर सैफुल्लाहले यस अवसरका लागि पार्टी नेतृत्व र अल्लाहप्रति आभार व्यक्त गरे। उनले भने, “यस अवसरका लागि डा. फारुक अब्दुल्लाको नेतृत्वमा रहेको नेशनल कन्फरेन्स र अल्लाहप्रति म निकै आभारी छु।”
उल्लेखनीय छ कि चार विधायकलाई मन्त्रिपरिषदमा सहभागी गराउने अपेक्षा गरिएको थियो। तीमध्ये अली मोहम्मद सागर र अल्ताफ अहमद कालू प्रमुख दाबेदार थिए। वर्तमान मन्त्रीहरूको सूचीमा फेरबदल हुने अड्कलबाजीका बीच यो परिवर्तन गरिएको हो।
यसैबीच, शमीमा फिरदौसको मन्त्रिपरिषदमा समावेश हुनु अप्रत्याशित रह्यो। मन्त्रिपरिषदमा फेरबदल हुनुअघि उनको नाम प्रमुख दाबेदारहरूको सूचीमा थिएन।
हिन्दुस्थान समाचार / भवानी थामी