मध्य प्रदेशमा राज्य जीएसटी अधिकारीको ठेगानामा लोकायुक्तको छापा, आयभन्दा २६४.६४ प्रतिशत बढ़ी सम्पत्ति फेला
जबलपुर में एसजीएसटी अधिकारी का आवास और उनकी फोटो


जबलपुर, २७ अक्टोबर (हि.स.)। आयभन्दा बढ़ी सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा लोकायुक्त पुलिसको टोलीले मङ्गलवार बिहान राज्य वस्तु तथा सेवा कर (एसजीएसटी) विभागका वाणिज्य कर अधिकारी मनीष कुमार जैनका विभिन्न ठेगानामा छापा मारेको छ। लोकायुक्तका छुट्टाछुट्टै टोलीले जबलपुर, भोपाल र सागरमा एकैसाथ तलासी गरिरहेका छन्। हालसम्म कारबाही जारी छ।

लोकायुक्त अनुसार, प्रारम्भिक अनुसन्धानमा अधिकारी मनीषको कूल आय एक करोड़ तीन लाख ७३ हजार ३१७ रुपियाँ र खर्च तीन करोड़ ७८ लाख २५ हजार ७०७ रुपियाँ रहेको पाइएको छ। यो खर्च उनको ज्ञात आयको ३६४.६४ प्रतिशत हो। उनको आयभन्दा बढ़ी खर्च २६४.६४ प्रतिशत रहेको छ।

लोकायुक्तकी पुलिस अधीक्षक अञ्जुलता पटले अनुसार, एसजीएसटी अधिकारी मनीष कुमार जैन विरुद्ध आयभन्दा बढ़ी सम्पत्ति आर्जन गरेको उजुरी प्राप्त भएको थियो। निरीक्षक बृजमोहन सिंह नरवरियाले उक्त उजुरीको सत्यापन गरेका थिए। प्रारम्भिक रूपमा उजुरी सही देखिएपछि भ्रष्टाचार निवारण अधिनियम, १९८८ को धारा १३(१)(बी) र १३(२) अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको हो।

त्यसपछि मङ्गलवार बिहान ६ बजी लोकायुक्तका विभिन्न टोलीले एसजीएसटी अधिकारी मनीष कुमार जैनका जबलपुर, भोपाल र सागरस्थित ठेगानामा पुगेर छापा मार्न शुरु गरेका थिए।

लोकायुक्तको अनुसन्धानका क्रममा अधिकारी, उनकी पत्नी निधि जैन, पिता कोमलचन्द जैन र माता शशि जैनका नाममा सम्पत्ति रहेको जानकारी प्राप्त भएको छ। ती सम्पत्तिमा जबलपुर र भोपालमा रहेका जग्गा, प्लट, बङ्गला तथा फ्ल्याटका साथै सागर जिल्लाको बण्डामा प्लटमा निर्मित घरसमेत समावेश छन्।

उनकी पत्नीको नाममा मारुति स्विफ्ट कार र सुजुकी एक्सेस स्कुटर खरिद गरिएको जानकारी पनि प्राप्त भएको छ। अधिकारी तथा परिवारका सदस्यहरूको नाममा बीमा पोलिसी समेत रहेको पाइएको छ।

प्राप्त जानकारी अनुसार, मनीष कुमार जैन मूल रूपमा सागर जिल्लाको बण्डाका बासिन्दा हुन्। उनको परिवार धेरै वर्षअघि शाहगढबाट बण्डा आएर बसोबास गर्न थालेको थियो। त्यहाँ उनको घरमा मेडिकल स्टोर छ, जसलाई उनका पिताले सञ्चालन गर्छन्।

मनीष कुमार जैन जबलपुरको रिलायबल डेभलपर कोलोनीमा बस्छन्। उनी वाणिज्य कर अधिकारी हुन् र हाल दमोहमा कार्यरत छन्।

लोकायुक्तका टोलीहरूले सम्पत्ति तथा खर्चसँग सम्बन्धित कागजातहरूको जाँच गरिरहेका छन्।

लोकायुक्त टोली अनुसार, अनुसन्धान पूरा भएपछि सम्पत्तिको वास्तविक मूल्य र आयको स्रोतसम्बन्धी अवस्था स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande