नक्कली अधिकारी बनेर वेबेल आईटी पार्कमा प्रवेश गर्ने प्रयास, पक्राउ
गिरफ्तार फर्जी अधिकारी को ले जाती पुलिस


सिलगढ़ी, ३० अक्टोबर (हि.स.)। नक्कली अधिकारी बनेर माटीगढ़ा स्थित वेबेल आईटी पार्कमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा माटीगढ़ा थानाको पुलिसले एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान शेखर साहाका रूपमा भएको छ।

पुलिस सूत्र अनुसार, वेबेल आईटी पार्क व्यवस्थापनका तर्फबाट माटीगढ़ा थानामा लिखित उजुरी दर्ता गराइएको थियो। उजुरीमा उल्लेख गरिए अनुसार, बिहिवार राति एक व्यक्ति आईटी पार्कमा पुगेको थियो। उसले आफूलाई एन्टी क्राइम ब्युरो अफ इन्डिया (एसीबी) को अधिकारी बताउँदै त्यहाँ छापा मार्न आएको दाबी गरेको थियो।

त्यसपछि आईटी पार्क व्यवस्थापनले उसँग सोधपुछ गर्नुका साथै उसको परिचयपत्र जाँच गरेको थियो। परिचयपत्र तथा उनको पहिचानमाथि शङ्का उत्पन्न भएपछि उसलाई पार्कका विभिन्न केन्द्रहरूमा प्रवेश गर्न दिइएन। पछि उसलाई त्यहाँबाट जान भनियो।

घटनापछि व्यवस्थापनले माटीगढ़ा थानामा उजुरी दर्ता गराएको थियो। उजुरी प्राप्त भएको केही घण्टाभित्रै माटीगढ़ा पुलिसले कारबाही गर्दै आरोपीलाई लेक्सिकन मोड क्षेत्रबाट पक्राउ गरेको हो।

पुलिस अनुसार, उदेखि एउटा परिचयपत्र पनि जफत गरिएको छ, जसमा ‘एन्टी क्राइम ब्युरो अफ इन्डिया’ लेखिएको छ। पुलिस सूत्र अनुसार, शेखर साहा मूल रूपमा अलिपुरद्वार जिल्लाका निवासी हो र हाल सिलगढ़ीको प्रधाननगर क्षेत्रमा बस्दै आएको थियो। पक्रा परेको आरोपीलाई शुक्रवार सिलगढ़ी अदालतमा पेश गरिनेछ। पुलिसले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande