
कोलकाता, 30 अक्टोबर (हि.स.)। मुख्यमन्त्री शुभेन्दु अधिकारीले शुक्रवार साल्ट लेकमा आयोजित 'जनता दरबार' कार्यक्रममा कसैको नाम उच्चारण नगरी तृणमूल कङ्ग्रेसका सांसद अभिषेक ब्यानर्जीमाथि चर्को राजनीतिक कटाक्ष गरे। मुख्यमन्त्रीले उनको सोडियम-पोटाशियम बिग्रिएको जस्तो देखिन्छ भनेर ठट्टा समेत गर्दै अघि भने, यदि उनी उपचारका लागि न्यूयोर्क जान चाहन्छन् भने राज्य सरकारले तुरुन्तै उनलाई अनापत्ति प्रमाणपत्र (एनओसी) जारी गर्नेछ।
मुख्यमन्त्रीले भ्रष्टाचार र फिरौतीको मुद्दालाई औंल्याउँदै दाबी गरे, जुन मानिसहरूले उनको लागि धन उपार्जन गर्थे, त्यै डायमण्ड हार्बर पुलिसले उनलाई हिरासतमा लिएको छ। मुख्यमन्त्री अनुसार सहयोगीले पुलिस सामु सबै खुलासा गरिदिए। यसै खुलासाको कारणले उनको सोडियम-पोटाशियमको मात्रा बिग्रिएको हो। उनले यो पनि भने, 15 वर्षसम्म सत्तामा रहेका पनि उनका केही मानिसहरू अझै पनि व्यवस्थामा उपस्थित हुन सक्छन् जसले उनलाई भित्री समाचारहरू दिइरहेका छन्।
उल्लेखनीय छ, मुख्यमन्त्रीको यो व्यङ्ग्यात्मक टिप्पणी गए बिहीवार सांसद अभिषेक ब्यानर्जीले राज्य सरकारमाथि कड़ा प्रहार गरेको एक दिनपछि आएको छ।
बिहीवार पत्रकारहरूसँग कुराकानी गर्दै अभिषेक ब्यानर्जीले बीरभूमका विधायक काजल शेखको सुरक्षा फिर्ता लिएको र उनको नजिकका मानिसहरूको परिसरमा पुलिसले छापा मारेकोमा सरकारलाई प्रहार गरेका थिए। उनले ममता ब्यानर्जीको साथमा उभिने नेताहरूलाई छनौट गरेर लक्षित गरिएको आरोप लगाएका थिए। राज्य सरकार र गृह विभागको कामकाजमा कडा आपत्ति राख्दै यसले पश्चिम बङ्गाल सरकार अनि गृह विभाग कसैको पैतृक जागीर हो भनी प्रश्न पनि उठाएका थिए। अभिषेक ब्यानर्जीको त्यहीँ कडा आक्रमणको प्रतिक्रियामा मुख्यमन्त्रीले शुक्रवार प्रतिक्रिया दिएका हुन्।
-------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा