
मालदा, 30 अक्टोबर (हि.स.)। हरिशचन्द्रपुर-1 ब्लकको एउटा गाउँमा सड़क नभएको कारण बिरामीलाई खटियामा लादेर अस्पताल पुऱ्याउनु पर्छ। घटनाको भिडियो र समाचार सोशल मिडियामा भाइरल भएपछि प्रशासन सक्रिय भएको छ। अहिले राज्य सरकारले सड़कको अवस्थाबारे प्रतिवेदन मागेको छ। प्रशासनको निर्देशमा भूमि तथा भूमि सुधार विभागले शुक्रवारदेखि क्षेत्रफलको निरीक्षण एवं नापजोख शुरु गरेको छ।
जानकारी अनुसार यस क्षेत्रमा सयभन्दा बढी परिवार बसोबास गर्छन् र विगत 30 वर्षदेखि मानिसहरूले सड़कको समस्या भोगिरहेका छन्। विगत 15 वर्षदेखि प्रशासनले यस सड़कको समस्यामा ध्यान नदिएको आरोप लगाइएको छ। स्थानीय जनताको माग हुँदाहुँदै पनि तत्कालीन मन्त्री र क्षेत्रका विधायकले पनि कुनै पहल गरेनन्। सड़कको अधिकांश भाग नजिकैको पोखरीमा डुबेको छ। यसकारण एम्बुलेन्स सहित कुनै पनि वाहन गाउँमा पुग्न सक्दैन।
केही दि अघि यस क्षेत्रका एकजना बिरामीलाई खटियामा लिएर अस्पताल लगिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसको केही घण्टाभित्रै बीडीओ ध्रुवशिष सामन्त घटनास्थलमा पुगे अनि सड़कको आवश्यकतालाई स्वीकार गरे। त्यसपछि मुख्यमन्त्री कार्यालयले यस विषयमा प्रतिवेदन मागेको छ। राज्य र जिल्ला प्रशासनको निर्देशमा खण्ड भूमि तथा भूमि सुधार विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर सोधपुछ गरे।
अधिकारीहरूले यो पत्तो लगाउने प्रयास गरे, पोखरीमा कति जमीन समाहित भइसकेको छ र त्यहाँ सड़क निर्माण गर्न कसरी सम्भव छ।यस पहलले स्थानीयहरूलाई आशा दिएको छ, यद्यपि उनीहरू भन्छन् कि सड़क निर्माण शुरु नभएसम्म उनीहरूको चिन्ता समाप्त हुने छैन।
खण्ड भूमि तथा भूमि सुधार विभागका राजस्व अधिकारी हिमांशु कुमार मण्डलले राज्य प्रशासनको निर्देशनमा गाउँको सड़कको जग्गा निरीक्षण गरिएको बताए। सड़कको धेरै जमीन पोखरीमा डुबेको छ जसले यातायात समस्या निम्त्याएको छ। जमीनमाथि अदालतको मुद्दा पनि चलिरहेको उनले बताए। सबै पक्षहरूको जाँच गरेपछि प्रतिवेदन पेश गरिनेछ।
स्थानीय बासिन्दा सीमा दासले चुनाउअघि नै नेता र प्रशासनिक अधिकारीहरूले सड़क निर्माण गर्ने आश्वासन दिएको भए पनि अहिलेसम्म काम भने शुरु नभएको बताइन्। अहिले मुख्यमन्त्रीको हस्तक्षेपको खबरले जनतालाई आशा दिएको छ।
भाजपाका नेता तथा हरिशचन्द्रपुर ग्राम पञ्चायतका उपाध्यक्ष अजय पासवानले भने, यस क्षेत्रको सड़क निकै महत्त्वपूर्ण छ। राज्य प्रशासनको हस्तक्षेपपछि जनताको समस्या चाँडै समाधान हुने अपेक्षा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा