
वाराणसी, ३० अक्टोबर (हि.स.)। वाराणसी कमिश्नरेट पुलिसको निगरानीमा सञ्चालित कमान्ड सेन्टरको टोलीले अटोमा छोड़िएको गरगहनाले भरिएको झोला चार घण्टाभित्रै जफत गरी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ।
कमान्ड सेन्टरका प्रभारी उपनिरीक्षक राजेश सिंहले शुक्रवार जानकारी दिँदै बताए अनुसार, आजमगढ़ जिल्लाको सिधारी निवासी एक व्यापारी अटोमा सवार भई सारंग चौराहाबाट गोइठहा रिङ रोडमा ओर्लने क्रममा गरगहनाले भरिएको आफ्नो झोला अटोमै बिर्से।
झोलामा सुनका मंगलसूत्र, कानका बाली, चाँदीका पाउजु, चार हजार रुपियाँ नगद र एउटा मोबाइल फोन थियो।
काशीका अतिरिक्त पुलिस उपायुक्तको निर्देशमा सिगरा स्थित कमान्ड सेन्टरमा खटिएको पुलिस टोलीले चार घण्टाभित्रै सारंग चौराहादेखि गोइठहा रिङ रोडसम्म जड़ान गरिएका सीसीटीभी क्यामेराको सहयोगमा उक्त अटोको पहिचान गरेको थियो।
त्यसपछि अटोबाट झोला जफत गरी त्यसमा रहेका सबै समान सहित सम्बन्धित व्यक्तिलाई फिर्ता गरियो।समान फिर्ता पाएपछि ती व्यक्तिले खुशी व्यक्त गर्दै वाराणसी पुलिस तथा कमान्ड सेन्टरको टोलीको खुलेर प्रशंसा गरे।
/ बिशाल