
गुवाहाटी, 30 अक्टोबर (हि.स.)। असम भाजपाका अध्यक्ष दिलीप सैकियाले एक नोभेम्बरमा सिख नरसंहार स्मृति दिवसको अवसरमा दिल्लीको रामलीला मैदानमा प्रस्तावित ऱ्यालीलाई लिएर कङ्ग्रेसमाथि प्रहार गरेका छन्। उनले प्रश्न उठाए, यस दिन ऱ्याली आयोजना गर्नाले सिख समुदायका कति मानिसहरूको भावनामा चोट पुग्नेछ?, तर काङ्ग्रेसलाई कुनै चिन्ता छैन। सैकियाले आज भाजपा कार्यालयमा एक कार्यक्रममा भाग लिएपछि पत्रकारहरूसँग कुराकानी गरिरहेका थिए।
कङ्ग्रेसलाई सिख समुदायको भावनाप्रति असंवेदनशील रहेको आरोप लगाउँदै सैकियाले भने, आफ्नो निर्णयले समुदायलाई कति चोट पुऱ्याउन सक्छ भन्ने कुरामा पार्टी चिन्तित छैन।
अर्को प्रश्नको जवाफमा असम भाजपाका अध्यक्षले तेलङ्गानाका मुख्यमन्त्री रेवन्थ रेड्डीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समर्थन गरेको बयानसित सहमत भए। उनले भने, भारत राष्ट्रलाई माया गर्ने जो कोहीले पनि यस्तै कुरा गर्छ। उनले भने, सबै कङ्ग्रेस नेताहरूलाई प्रधानमन्त्रीले गरेको काम मन पर्छ, तर सार्वजनिक रूपमा बोल्नमा समस्या हुन्छ।
उल्लेखनीय छ, दिलीप सैकियाले आज राज्य भाजपाको मुख्यालयमा असम भाजपा महिला मोर्चाकी नवनियुक्त अध्यक्ष पूरबी रायको कार्यभार ग्रहण समारोहमा भाग लिएका थिए। उनले पुरबी रोयलाई नयाँ जिम्मेवारी सम्हालेकोमा शुभकामना दिँदै पार्टीलाई सङ्गठनात्मक रूपमा बलियो बनाउने आशा व्यक्त गरे।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा