सांसद सुब्बा जलस्रोतसम्बन्धी संसदीय स्थायी समितिको बैठकमा सहभागी
सांसद सुब्बा जलस्रोतसम्बन्धी संसदीय स्थायी समितिको बैठकमा सहभागी


गान्तोक, 30 अक्टोबर (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा जलस्रोतसम्बन्धी संसदीय स्थायी समितिको बैठकमा सहभागी बनेका छन्। सांसद राजीव प्रताप रुडीको अध्यक्षतामा आज नयाँ दिल्लीमा सम्पन्न बैठकमा उनले सहभागिता जनाएका हुन्।

बैठकमा जलशक्ति मन्त्रालय, जलस्रोत, नदी विकास तथा गङ्गा संरक्षण विभागका प्रतिनिधिहरूका साथै केन्द्रिय जल आयोग (सीडब्ल्यूसी) का अधिकारीहरूले आयोगको ‘परियोजना मूल्याङ्कन ढाँचा तथा जवाफदेहिताका संयन्त्रहरूको विस्तृत समीक्षा’ विषयमा समितिलाई जानकारी गराएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

बैठकमा प्रधानमन्त्री कृषि सिँचाई योजना (पीएमकेएसवाई) को कार्यान्वयन, सिँचाईसम्बन्धी पहल, बाढी नियन्त्रणका उपाय, परियोजना मूल्याङ्कन प्रक्रिया तथा संस्थागत जवाफदेहिताका विषयमा छलफल भयो।

छलफलका क्रममा सिँचाई पूर्वाधारलाई सुदृढ़ बनाउने, बाढी व्यवस्थापनमा सुधार ल्याउने तथा जलस्रोतसम्बन्धी परियोजनाहरूको प्रभावकारी अनुगमन र जवाफदेहिता सुनिश्चित गर्ने आवश्यकतामा जोड दिएको बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande