नगाउँ उपचुनाउमा कङ्ग्रेस र भाजपाका उम्मेदवारहरूले गरे  मतदान
असमः मतदान करने बाद अपनी उंगली की स्याही दिखाते मोरीगांव विधानसभा के विधायक रमाकांत देउरी


नगाउँ (असम), ०6 अक्टोबर (हि.स.)। नगाउँ लोकसभा सीटमा उपचुनाउको लागि मङ्गलवार मतदान भइरहेको छ। कङ्ग्रेस उम्मेद्वार शिवमणि बोराले बटद्रवा विधानसभा निर्वाचन क्षेत्रको मझ गाउँ उच्च आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरे।

यता भाजपाका उम्मेदवार देवाशिष शर्माले मायोङ्ग उच्च माध्यमिक विद्यालयको बूथ नम्बर 16 मा मतदान गरे।

यसैबीच रुपाही हाटका विधायक नुरुल हुदाले रौमारी मक्तब स्कूलको बुथ नम्बर 95 मा आफ्नो मताधिकार प्रयोग गरे।

मोरी गाउँका विधायक रमाकान्त देउरी प्रारम्भिक मतदाताहरूमध्ये एक हुन्। देउरीले 54 नम्बर मोरी गाउँ विधानसभा निर्वाचन क्षेत्रको देओराबोरी प्राथमिक विद्यालयको मतदान केन्द्र नम्बर 261 मा मतदान गरे। सबुवाधारा पञ्चायतको मतदान केन्द्रमा मतदान गर्नअघि उनी लामबद्ध भएर बसेका थिए।

नगाउँ लोकसभा उपचुनाउमा मतदाताहरूले विभिन्न उम्मेद्वारहरूको भाग्य निर्धारण गरिरहेका छन्।

निर्वाचन आयोगबाट प्राप्त जानकारीअनुसार बिहान 9 बजेसम्ममा 17.68 प्रतिशत मतदान भएको रेकर्ड दर्ता गरिएको छ। सामान्यतया, कुनै पनि ठाउँबाट कुनै पनि प्रकारको अप्रिय घटना घटेको खबर प्राप्त भएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande