ग्वालपाड़ाको नयाँपाड़ामा आगलागी, सिलिण्डर बिस्फोटपछि आगो झन्  भड़्कियो
असमः ग्वालपाड़ा जिले के नयापाड़ा इलाके में लगी भयावह आग का दृश्य


ग्वालपाड़ा (असम), ०6 अक्टोबर (हि.स.)। असमको ग्वालपाड़ा जिल्ला अन्तर्गत नयाँपाडड़ा क्षेत्रमा गए अबेर राती अचानक भयानक आगो लाग्यो। घटनापछि क्षेत्रमा कोकोहोलो मचियो।

आगलागीमा धेरै वटा कच्चा घरहरू क्षतिग्रस्त भएका छन्। आगोलाई नियन्त्रण गर्नको लागि तीन वटा दमकल वाहनलाई बोलाउनु पऱ्यो। प्रारम्भिक जानकारी अनुसार आगो क्षेत्रमा रहेका झोपडड़ीहरूमा द्रूत गतिमा फैलियो जसबाट स्थानीयहरू पनि भयभित भए। ह्वारह्वारती आगो बलिरहेको बेलामा घरहरूमा राखिएका एलपीजी सिलिण्डरहरू एकपछि अर्को गर्दै विस्फोट भएको कारमले आगोले झन् विकराल रूप धारण गऱ्यो।

आगो लागेको थाहा पाउनसाथ दमकल र आपतकालीन सेवाका कर्मचारीहरूलाई सूचित गरियो। घटनास्थलमा पुगेका तीन वटा दमकल वाहन सहित दमकलकर्मीहरूले स्थानीय मानिसहरूसित मिलेर आगोलाई निभाउने काम शुरू गरे। अन्ततः आगोलाई नियन्त्रण गरियो। आगलागीको कारण र क्षय-क्षतिको सम्बन्धमा विस्तृत जानकारीको प्रतिक्षा गरिएको छ। अधिकारीहरूले हाल घटनाबाट भएको क्षतिको मूल्याङ्कन गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande