
नगाउँ (असम), 06 अक्टोबर (हि.स.)। नगाउ जिल्लाको जखलाबन्धा क्षेत्रमा भएको सडक दुर्घटनामा एकजना युवाको घटनास्थलमै मृत्यु भएको छ। पुलिसले मङ्गलवार बतायोष जखलाबन्धाबाट कालियाबरको दलगाउँस्थित आफ्नो घर तर्फ बाइकमा सवार भएर गइरहेका युवक कुनै अज्ञात वाहनको चपटेमा पऱ्यो जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो। मृतकको पहिचान विशाल काकतीका रूपमा भएको छ। उनी कलियाबरको दलगाउँका बासिन्दा थिए। घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्न पठाएको छ। पुलिसले यस सम्बन्धमा दुर्घटनाको एफआईआर दर्ता गरेको गरी अज्ञात वाहनलाई खोजिरहेको छ।
/ बिशाल