
खरसाङ, ०७ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा नेतृत्वको २५ वर्ष पूरा भएको अवसरमा आयोजित ‘सेवा संकल्प अभियान’ अन्तर्गत भारतीय जनता पार्टीको अल्पसंख्यक मोर्चाले खरसाङ महकुमा अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ।
अभियानअन्तर्गत अस्पतालमा उपचार गराइरहेका बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरिएको हो। अल्पसंख्यक मोर्चाले ‘सेवा नै संगठनको मूल मन्त्र हो’ भन्ने भावनाका साथ उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रममा भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिका अध्यक्ष फजल मिया, जिल्ला समितिका सचिव विकास प्रधान तथा खरसाङ मण्डल ११ र १२ का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / हनोक