
धुबड़ी (असम), 1 नोभेम्बर (हि.स.)। प्रशासनले आज तल्लो असमको धुबड़ी जिल्ला अन्तर्गत गौरीपुरको आलमगञ्ज नवौं खण्डमा अवैध रूपमा कब्जा गरिएको भूमिलाई खाली गर्ने अभियान शुरु गरेको छ।
जिल्ला प्रशासनबाट प्राप्त जानकारी अनुसार पहिलो चरणमा करिब 600 बिघा भूमिलाई खाली गरिने छ। 600 बिघा जमीनमा 500 परिवार बसेका छन्। अभियानको क्रममा कुनै पनि प्रकारको अवरोध हुन नदिनको लागि भारी पुलिस बललाई तैनाथ गरिएको छ। अतिक्रमण हटाउन 60 वटा भन्दा बढ़ी बुलडोजर घटनास्थलमा पुगेका छन्। यस कार्यका लागि धुबड़ी जिल्ला प्रशासन पूर्ण रूपमा तयार छ।
यस अभियानलाई सफल बनाउनको लागि आजदेखि कड़ा सुरक्षा व्यवस्था गरिएको छ। गौरीपुर राजस्व सर्कल अन्तर्गत आलमगञ्ज खण्ड-9 मा व्यापक रूपमा अतिक्रमण हटाऔं अभियान सञ्चालन गरिनेछ। प्रशासनले अभियान शुरू गर्नअघि नै यहाँ बस्दै आएका मानिसहरू स्वतः ठाउँ छोड़ेर अर्कै ठाउँमा बसाइँ सरेका छन् भने कतिपय मानिसहरूले घर भत्काएर अन्यत्र स्थानान्तरण गर्ने प्रक्रिया शुरु गरेका छन्।
यसैबीच टाइगर फोर्सका नेता यूनुस तामुली पनि आज बिहान घटनास्थलमा पुगे। यस अवधि मिडियासँग कुराकानी गर्दै उनले भने, यस अभियानका लागि स्थानीय सांसद रकिबुल हुसेन जिम्मेवार छन्। चुनाउको समयमा रकिबुल हुसेनले गरेको टिप्पणीको कारणले आज सरकारले निष्कासन अभियान चलाएको छ। उनले प्रभावित परिवारहरूको चिन्ता गर्ने अपील सरकारसित गरेका छन्।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा