
कानपुर, 0१ नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको कानपुरमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्न पुलिसले आइतवार किदवई नगर क्षेत्रमा व्यापक तलासी अभियान सञ्चालन गरेको छ। लगभग १३५ जना पुलिसकर्मी सम्मिलित पाँच टोलीले विभिन्न स्थानमा ड्रोनको सहायता समेत लिएर खोजतलासी गर्दा एक महिला सहित तीन जना पक्राउ परेका छन्। उनीहरूदेखि लगभग ११ किलो गाँजा जफत गरिएको पुलिसले जनाएको छ।
दक्षिण क्षेत्रका पुलिस प्रउपायुक्त दीपेन्द्र नाथ चौधरीको नेतृत्व तथा घाटमपुरका सहायक पुलिस आयुक्तको निगरानीमा अभियान सञ्चालन गरियो। पुलिस अनुसार, पक्रा पर्नेमा सागर, अरमान र एक महिला रहेका छन्। केही व्यक्तिले पुलिस देखेपछि भाग्ने प्रयास गरे पनि घेराबन्दी गरी उनीहरूलाई नियन्त्रणमा लिइयो।
किदवई नगर क्षेत्रमा लागुऔषधको अवैध बिक्री भइरहेको तथा बाहिरी व्यक्तिहरूले त्यहाँबाट गाँजा खरिद गरी लैजाने गरेको गुनासो प्राप्त भएपछि पुलिसले संयुक्त अभियान सञ्चालन गरेको हो।
पुलिसले यस कारोबारमा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि खोजी जारी राखेको छ। लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्न आगामी दिनमा पनि यस्ता अभियान सञ्चालन गरिने पुलिस अधिकारीहरूले बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी