पश्चिम बङ्गालका केही जिल्लाहरूमा वर्षा हुने सम्भावना
पश्चिम बंगाल में आज का मौसम


कोलकाता, 1 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा आइतवार मौसमको स्वरूप परिवर्तित रहने सम्भावना छ। राज्यको दक्षिणी भागका केही जिल्लाहरूमा गर्जन सहित हल्कादेखि मध्यम वर्षा हुने हुनसक्छ भने कतिपय स्थानहरूमा तीव्र हावा चल्ने र बिजुली चम्किने सम्भावना छ। अलिपुर मौसम विभागले मौसमको अवस्थालाई ध्यानमा राख्दै दक्षिण बङ्गालका सात वटा जिल्लाहरूमा यल्लो अलर्ट जारी गरेको छ।

अलिपुरस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्र अनुसार कोलकाता, उत्तर एवं दक्षिण 24 परगना, बीरभूम, मुर्शिदाबाद, नादिया तथा पूर्व बर्धमानमा आइतवार मेघ गर्जनसितै पानी आउने सम्भावना छ। यी जिल्लाहरूका कतिपय ठाउँमा 30 देखि 40 किलोमीटर प्रतिघण्टाको गतिमा तीव्र हावा चल्नसक्छ। मौसम विभागले मानिसहरूलाई वज्रपातदेखि सावधान रहने सल्लाह दिएको छ।

कोलकाता, हावडा, हुगली, पूर्व र पश्चिम मेदिनीपुर, झाड़ग्राम, बाँकुड़ा, पुरुलिया एवं पश्चिम बर्धमानमा बादल लाग्ने सम्भावना छ। दक्षिण बङ्गालका केही भागहरूमा हल्का वर्षा वा गर्जनसितै वर्षा हुने सम्भावना छ। तथापि सम्पूर्ण दक्षिण बङ्गालमा समान रूपमा वर्षा हुने अनुमान गरिएको छैन।

उत्तर बङ्गालको दार्जीलिङ, कालेबुङ, जलपाईगुडी, अलिपुरद्वार, कुचबिहार, उत्तर एवं दक्षिण दिनाजपुर तथा मालदा जिल्लाका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। पहाड़ी क्षेत्रहरूमा बादलको ओहोर-दोहोर कायम रहने सम्भावना छ।

मौसम विभाग अनुसार बङ्गालको खाड़ीमा विकसित नयाँ मौसम प्रणालीमाथि निरन्तर निगरानी राखिँदै छ। यो प्रणाली आन्ध्र प्रदेशको तटतर्फ अघि बढिरहेको छ। हाल यस प्रणालीबाट पश्चिम बङ्गाललाई कुनै ठूलो चक्रवातको खतरा छैन। यद्यपि स्थानीय स्तरमा मेघ गर्जनसितै वर्षा एवं तेज हावा चल्ने सम्भावना रहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande