नेतन्याहूको भाषणलाई आइसेनकोटद्वारा ‘घृणापूर्ण’ ठहर, अरब दलहरूले लगाए नस्लवादीको आरोप
इजराइल के अंतरिम प्रधानमंत्री बेंजामिन नेतन्याहू मंगलवार रात यरुशलम में नेसेट (संसद) में भाषण देते। फोटो -  इंटरनेट मीडिया


यरुशलेम (इजरायल), ११ नोभेम्बर (हि.स.)। कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मंगलबार राति नयाँ नेसेट (संसद्) मा दिएको कडा भाषणलाई नयाँ सरकार गठन गर्ने तयारीमा रहेका ‘यशार’ पार्टीका नेता गादी आइसेनकोटले ‘घृणाले भरिएको’ बताएका छन्। अरब दलहरूले पनि व्यङ्ग्य गर्दै नेतन्याहूमाथि नस्लवादी भएको आरोप लगाएका छन्।

नेतन्याहूले ‘राष्ट्रिय एकता सरकार’ गठन गर्न आह्वान गर्दै अरब दलहरूमाथि इजरायललाई नष्ट गर्ने प्रयास गरेको आरोप लगाए। साथै, सरकार गठनका लागि आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई अरब दलहरूको समर्थनमा निर्भर नहुन चेताउनी दिए।

गत महिना सम्पन्न निर्वाचनमा संसदीय बहुमत गुमाएपछि तथा राष्ट्रपति इसाक हर्जोगले आइसेनकोटलाई सरकार गठनको जिम्मेवारी सुम्पिएपछि नेतन्याहूले आफ्नो भाषणमार्फत निर्वाचन अभियानकै पुरानो शैलीलाई निरन्तरता दिएका थिए। उनले अरब दलहरूलाई अवैध ठहर गर्ने प्रयास गर्दै उनीहरूलाई आतङ्कवादको समर्थकका रूपमा चित्रण गर्न खोजे।

भाषणका क्रममा विपक्षी सांसदहरूले पटक-पटक नेतन्याहूलाई रोके। उनीहरूले नेतन्याहूका सहयोगीहरूको कतारसँग रहेको भनिएको सम्बन्धबारे जवाफ माग्नुका साथै ७ अक्टोबर २०२३ मा हमासले गरेको नरसंहारको छानबिन गर्न सरकारी आयोग गठन गर्न अस्वीकार गरेको विषयमा प्रश्न उठाए।

उनले भने, “इरानको आणविक कार्यक्रमबाट उत्पन्न तत्कालीन अस्तित्वगत खतरा टारेपछि पनि इरानले उक्त कार्यक्रम पुनः शुरु गर्ने प्रयास गरिरहेको छ। यो खतरा स्थायी रूपमा समाप्त गर्ने एकमात्र उपाय अयातोल्लाहरूको शासन अन्त्य गर्नु हो।”

७ अक्टोबर, २०२३ को नरसंहारपछि भएका युद्धहरूमा आफ्नो सरकारले हासिल गरेका उपलब्धिहरू उल्लेख गर्दै उनले भने, “हामीले मध्यपूर्वको स्वरूप परिवर्तन गरेका छौँ।” देशसामु रहेका चुनौतीहरूलाई ध्यानमा राख्दै उनले सबै मतभेदलाई थाती राखेर ‘राष्ट्रिय एकता सरकार’ गठन गर्नुपर्ने प्रस्ताव राखे।

यसैबीच, रा'अम पार्टीका अध्यक्ष तथा सांसद मन्सुर अब्बासले मंगलबार एन १२ च्यानललाई दिएको अन्तर्वार्तामा अर्को खुलासा गरेका छन्। उनका अनुसार, २०२१ मा ‘अपरेसन गार्डियन अफ द वाल्स’ का क्रममा बालफोर स्ट्रिटस्थित आधिकारिक निवासमा भएको भेटमा प्रधानमन्त्री नेतन्याहूले हमासका तत्कालीन नेता याह्या सिनवारमाथि आफूलाई विश्वास रहेको र उनीहरूबीच एकअर्कालाई बुझ्ने सम्बन्ध रहेको बताएका थिए।

अब्बासका अनुसार, उक्त भेटमा नेतन्याहूले सिनवारबाट प्राप्त एउटा सन्देशको समेत उल्लेख गर्दै उनलाई सोधेका थिए, “उसले मलाई के पठाएको थियो भन्ने तपाईंले देख्नुभएन?”

अब्बासले उक्त कुराकानी हुनुअघि सिनवारले नेतन्याहूलाई पठाएको पत्रबारे आफूलाई कुनै जानकारी नरहेको बताए। उक्त पत्रमा ‘सोचविचार गरेर लिइएको जोखिम’ (क्याल्कुलेटेड रिस्क) जस्ता शब्दहरू प्रयोग गरिएको उनले खुलासा गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande