बराहनगर युवती हत्या प्रकरण : दिल्ली रेलवे स्टेशन बाहिरबाट प्रेमी पक्राउ, पब्जी गेम विवादसँग जोड़ियो घटना
गिरफ्तारी


कोलकाता, १३ नोभेम्बर (हि.स.)। उत्तर २४ परगना जिल्लाको बराहनगरमा २६ वर्षीया युवती अञ्जली सावको हत्या गरेको आरोपमा पुलिसले उनका प्रेमीलाई दिल्लीको एक रेलवे स्टेशनबाहिरबाट पक्राउ गरेको छ। उसलाई कोलकाता ल्याइँदै गरिएको पुलिसले जनाएको छ।

पुलिस अनुसार, पब्जी गेम खेल्ने विषयमा भएको विवादपछि आरोपीले अञ्जलीको हत्या गरी फरार भएकाे थियो। १० नोभेम्बरमा बराहनगरको शीतलामाता लेन स्थित एक फ्ल्याटबाट अञ्जलीको शव फेला परेको थियो।

अनुसन्धानका क्रममा हत्यापछि आरोपीले मृतककै मोबाइलबाट परिवारका सदस्यलाई सन्देश पठाएको खुलेको छ। मोबाइलको टावर लोकेशनका आधारमा पुलिसले उसको खोजी गरेको थियो। पुलिस अनुसार, आरोपीले पटक-पटक मोबाइल बन्द र चालु गरी आफ्नो लोकेशन परिवर्तन गरेर पुलिसलाई झुक्याउने प्रयास गरेको थियो।

पक्रा परेको आरोपीसँग विस्तृत सोधपुछ गरेपछि मात्र हत्याको वास्तविक कारण खुल्ने पुलिसले जनाएको छ।

/ बिशाल


 rajesh pande