सिक्किम सरकारी व्यावसायिक महाविद्यालय देन्ताममा एसआरसीको चुनाउ सम्पन्न
सिक्किम सरकारी व्यावसायिक महाविद्यालय देन्ताममा एसआरसीको चुनाउ सम्पन्न


देन्ताम, 13 नोभेम्बर (हि.स.)। पश्चिम सिक्किमको देन्तामस्थित सिक्किम सरकारी व्यावसायिक महाविद्यालयमा १३ नोभेम्बर, २०२६ का दिन विद्यार्थी प्रतिनिधि परिषद् (एसआरसी) को चुनाउ सफलतापूर्वक सम्पन्न भएको छ।

सिक्किम सरकारको शिक्षा विभाग (उच्च शिक्षा) द्वारा निर्धारित दिशानिर्देशअनुसार निर्वाचन प्रक्रिया सञ्चालन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

२७ अक्टोबर २०२६ मा जारी अधिसूचनाका अनुसार, सबै प्रतिनिधि पदका लागि बिहान ८ बजीदेखि मतदान शुरु भएको थियो। मतदान प्रक्रिया सहज रूपमा सञ्चालन भई दिउँसो १ बजी सम्पन्न भयो। दिउँसो २ बजीदेखि मतगणना शुरु गरियो भने अपराह्न ३ बजी अन्तिम नतिजा आधिकारिक रूपमा घोषणा गरियो।

शैक्षिक सत्र २०२६ का लागि कुल १२७ जना विद्यार्थी मतदाता सूचीमा समावेश थिए। तीमध्ये करिब ७४.७ प्रतिशत विद्यार्थीले मतदानमा भाग लिएका थिए। मतदान गर्नेहरूमध्ये ४४.८८ प्रतिशत पुरुष र ५५.२१ प्रतिशत महिला मतदाता रहेका थिए।

चुनाउसम्बन्धी गुनासाहरूको सुनुवाई तथा समाधानका लागि विद्यार्थी मामिला प्रमुख र उपप्राचार्य सम्मिलित गुनासो समाधान समिति गठन गरिएको थियो। तर, एसआरसी निर्वाचन २०२६ का क्रममा कुनै पनि गुनासो प्राप्त नभएको महाविद्यालयले जनाएको छ।

चुनाउमा अध्यक्ष- जकाई राई, महासचिव- अर्जुन छेत्री, कोषाध्यक्ष- गोपाल सार्की, उपाध्यक्ष- रञ्जना छेत्री, सांस्कृतिक सचिव- आराधना मङ्गर, खेलकुद सचिव- मनिष सुब्बा र साहित्यिक सचिव- एलिना दर्जी निर्वाचित भएका छन्।

यसैगरी, कक्षा प्रतिनिधि, पर्यटन पाँचौँ सत्र- मनिषा सुब्बा, कक्षा प्रतिनिधि, पर्यटन तेस्रो सत्र- ग्याल्छेन लेप्चा, कक्षा प्रतिनिधि, खुद्रा व्यवस्थापन तेस्रो सत्र- आएऐश्ना शेर्पा, कक्षा प्रतिनिधि, सफ्टवेयर विकास तेस्रो सत्र- रजिना गुरुङ र कक्षा प्रतिनिधि, खुद्रा व्यवस्थापन पहिलो सत्र- इन्दु दर्जी निर्वाचित भएका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande