सञ्चमान लिम्बू सरकारी महाविद्यालयको एसआरसी चुनाउ सम्पन्न, बङ्गामिन लिम्बू अध्यक्ष निर्वाचित
सञ्चमान लिम्बू सरकारी महाविद्यालयको एसआरसी चुनाउ सम्पन्न


गेजिङ, 13 नोभेम्बर (हि.स.)। गेजिङ जिल्लाको आरिगाउँस्थित सञ्चमान लिम्बू सरकारी महाविद्यालयमा सम्पन्न विद्यार्थी प्रतिनिधि परिषद् (एसआरसी) निर्वाचनमा बङ्गामिन लिम्बू अध्यक्ष पदमा निर्वाचित भएका छन्। त्यसैगरी नुनम लिम्बू उपाध्यक्ष, निकित पौडेल महासचिव र दिनेश शर्मा कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्।

महाविद्यालयले शिक्षा विभागको कार्यालय आदेश अनुसार विद्यार्थी प्रतिनिधि परिषद्को चुनाउ सञ्चालन गरेको बताइएको छ। महाविद्यालय चुनाउ आयोगले अध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा कक्षा प्रतिनिधिलगायत विभिन्न पदका लागि कुल १८ वटा उम्मेदवारी प्राप्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

१३ नोभेम्बर, २०२६ का दिन बिहान ८ बजीदेखि दिउँसो १ बजीसम्म मतदान सम्पन्न भयो। सोही दिन दिउँसो २ बजीदेखि ४ बजीसम्म मतगणना गरिएको थियो। चुनाउको अन्तिम नतिजासँगै निर्वाचित प्रतिनिधिहरूको शपथ ग्रहण समारोह पनि सम्पन्न भएको छ।

२०२६ का लागि निर्वाचित विद्यार्थी प्रतिनिधिहरू यसप्रकार छन् :

बङ्गामिन लिम्बू- अध्यक्षनुनम लिम्बू- उपाध्यक्षनिकित पौडेल- महासचिवदिनेश शर्मा- कोषाध्यक्षअर्बिना सुब्बा- सांस्कृतिक सचिवविजय विश्वकर्मा- खेलकुद सचिवदिप्शन छेत्री- साहित्यिक सचिवभानु छेत्री- कक्षा प्रतिनिधि (बीए तेस्रो सेमेस्टर), निर्विरोधरोहित राई- कक्षा प्रतिनिधि (बीकम तेस्रो सेमेस्टर), निर्विरोधमहाविद्यालयका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरूले विजयी उम्मेदवारहरूलाई बधाई दिँदै उनीहरूको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande