
सोनादा, १३ नोभेम्बर (हि.स.)। इग्नाइट युथ क्लब, अपर सिडर्सको आयोजनामा सम्पन्न इन्टर हिल क्रिकेट प्रतियोगिताको फाइनल खेलमा बालासनले डीजे शोरुमलाई पराजित गर्दै उपाधि जितेको छ।रोमाञ्चक फाइनल खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि अन्ततः बालासनले जित हासिल गर्दै ट्रफी आफ्नो नाममा गरेको हो। फाइनल खेल हेर्न स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।फाइनल खेलको अवसरमा समाजसेवी राजु छेत्री, आईजीजेएफका नेता एनबी खवासलगायत विशिष्ट व्यक्तिहरू अतिथिका रूपमा उपस्थित थिए। प्रतियोगिताका लागि आवश्यक ट्रफी सोनादाको डाँडागाउँ निवासी समाजसेवी राजु छेत्रीले प्रदान गरेका थिए।प्रतियोगितामा बालासनका राज तामाङ फाइनल खेलको उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) घोषित भए भने मिरिकका मिलेस राई प्रतियोगिताकै उत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) बने। त्यसैगरी, मिरिकका रोहन गुरुङ उत्कृष्ट बलर तथा पचेङका रोहित उत्कृष्ट ब्याटर घोषित भए।विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई अतिथिहरूको हातबाट ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।२०२६ मा स्थापना भएको इग्नाइट युथ क्लबको मुख्य उद्देश्य युवाहरूलाई अगाडि बढाउनुका साथै उनीहरूलाई खेलकुद तथा सामाजिक कार्यमा सक्रिय बनाउनु रहेको क्लबका पदाधिकारीहरूले बताएका छन्। क्लबले आगामी दिनमा पनि यस्तै खेलकुद तथा सामाजिक गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / हनोक