
काठमाडौँ, १३ नोभेम्बर (हि.स.)। नेपाल सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
यसअघि नेपालमा छठ पर्वका अवसरमा एक दिन मात्रै सार्वजनिक बिदा दिइँदै आएको थियो। पहिलोपटक आइतबारका अतिरिक्त सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
यस वर्ष आइतबार साँझ छठ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्वको समापन हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल