टिस्टा फेस्ट: खरसाङमा ‘राइजिङ स्टार’ गायन प्रतियोगिताको अडिसन
टिस्टा फेस्ट अन्तर्गत खरसाङमा राईजिङ स्टार गायनको अडिशन


खरसाङ, १३ नोभेम्बर (हि.स.)। दार्जिलिङ पुलिसको आयोजनामा सञ्चालन भइरहेको टिस्टा फेस्टअन्तर्गत शुक्रबार खरसाङमा ‘राइजिङ स्टार’ गायन प्रतियोगिताको अडिसन सम्पन्न भएको छ।

खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा आयोजित उक्त अडिसनमा खरसाङ पुलिस थाना क्षेत्रअन्तर्गत पर्ने विभिन्न स्थानका युवा कलाकारहरूले सहभागिता जनाएका थिए।

अडिसनमा सङ्गीतकारहरू विकाससिंह लोहार, महेश्वर लामा र रुपेश रसाइली निर्णायकका रूपमा उपस्थित थिए। खरसाङमा १३ र १४ नोभेम्बर गरी दुई दिन अडिसन आयोजना गरिनेछ। खरसाङबाट छनोट भएका दुई जना प्रतियोगीलाई मात्र दार्जिलिङ पठाइने जानकारी प्राप्त भएको छ।यसैगरी, टिस्टा फेस्टअन्तर्गत खरसाङको नयाँ बजारस्थित डब्ल्यूबीएनभीएफ खेल मैदानमा फुटबल खेलहरू पनि सञ्चालन भइरहेका छन्। खरसाङमा आयोजित राइजिङ स्टार अडिसनबारे पत्रकारहरूसँग कुराकानी गर्दै खरसाङका महकुमा पुलिस अधिकारी (एसडीपीओ) हरदीपले दार्जिलिङ पुलिस तथा प्रशासनको आयोजनामा टिस्टा फेस्ट सञ्चालन भइरहेको जानकारी दिए।उनका अनुसार, पहाडका युवाहरूलाई उनीहरूको प्रतिभाअनुसार मञ्च प्रदान गर्नुका साथै पुलिस र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनु यस महोत्सवको मुख्य उद्देश्य रहेको छ।उनले यसैअन्तर्गत १३ र १४ नोभेम्बरमा राइजिङ स्टार गायन प्रतियोगिताको अडिसन सञ्चालन भइरहेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande