
-बङ्गालमा सरकारी कर्मचारीहरूको छुट्टी घटाउने तयारीमा शुभेन्दु अधिकारी
कोलकाता, 13 नोभेम्बर (हि.स.)। बात कम, काम अधिकको सिद्धान्तलाई पछ्याउँदै पश्चिम बङ्गालको नयाँ सरकारले राज्यमा कार्य संस्कृतिलाई फिर्ता ल्याउने तयारी गरिरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यको विकासका लागि कर्मचारीहरूले काममा ध्यान केन्द्रित गर्नुपर्ने कुरा धेरैपटक स्पष्ट पारिसकेका छन्। यस दिशामा एक कदम चाल्दै राज्य सरकारले सरकारी बिदाको सङ्ख्या घटाएर कार्य दिवस बढ़ाउने विचार गरिरहेको छ। यसबीच मुख्यमन्त्रीले कड़ा शब्दमा टिप्पणी गरेका छन्, लगातार हुने छुट्टीहरूको कारणले सम्पूर्ण राज्य शीतनिन्द्रामा गएको छ।
काली पूजा र भाइ दूजको बिदापछि शुक्रवार सरकारी कार्यालयहरू खोलिए। सोही दिन राज्य सचिवालय नवन्नामा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले बताए, राज्यमा आउँदो वर्षको लागि सरकारी बिदाको क्यालेण्डर तयार गर्ने काम भइरहेको छ तथा चाँडै नै सार्वजनिक गरिनेछ। सामान्यतया अर्को वर्षको छुट्टी क्यालेण्डर दिसम्बर महिनामा जारी गरिनेछ। क्यालेण्डर सार्वजनिक हुनअघि नै सरकारी बिदाको बारेमा मुख्यमन्त्रीले गरेका यो टिप्पणीलाई निकै महत्त्वपूर्ण मानिएको छ।
हाल राज्यमा सरकारी बिदाको सङ्ख्या करिब 50 दिन छ भने वर्ष 2025- मा यो सङ्ख्या 50 भन्दा बढ़ी थियो। प्रत्येक वर्ष वित्त विभागले यी बिदाहरूको सूची तयार गर्छ। सूत्र अनुसार शुरुमा वित्त विभागले 45 दिनको बिदाको मस्यौदा सूची दिएको थियो, तर अहिले सरकारले यसलाई घटाएर 40 दिनमा झार्ने विचार गरिरहेको छ। पुरानो सूचीबाट कुन बिदाहरूसाई हटाइनेछ, अन्तिम निर्णय हुन सकेको छैन। मुख्य चाड़पर्वहरूको संयोजनमा दिइएका अतिरिक्त बिदाहरू रद्द हुनसक्ने विश्वास गरिएको छ।
राज्य प्रशासनको सूत्रको भनाइ छ, शीर्ष अधिकारीहरूको एउटा वर्गको पनि मान्यता छकि विगत 15 वर्षमा केही यस्ता सरकारी बिदाहरू शुरु गरिएको छ जुन वास्तवमै अनावश्यक छन्। यस विषयमा शुक्रवार पछिल्लो सरकारलाई लक्षित गर्दै मुख्यमन्त्रीले भने, पछिल्लो सरकारको सोच थियो कि महँगी भत्ता नदिने, न त वेतन आयोग लागू गर्नुछ, त्यसैले काम कम गरियोस् ताकि फाइलहरू पनि थोरै मात्र जमा होस्।
स्मरण गराइन्छ, पूर्ववर्ती तृणमूल कङ्ग्रेस सरकारको कार्यकालमा विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमहरूसँगसँगै महान व्यक्तित्वहरूको जन्म जयन्तीहरूमा बिदाको सूची निकै लामो बनाइएको थियो। ठाकुर पञ्चानन बर्माको जन्म जयन्ती, शिवरात्रि, शब-ए-बारात, हरिचन्द ठाकुरको जन्मजयन्ती, बिरसा मुण्डाको जन्मजयन्ती तथा करम पूजा जस्ता अवसरहरूमा बिदा दिन थालियो। साथै वाम मोर्चाको समयमा षष्ठीदेखि लक्ष्मी पूजा पछिको दिनसम्म दुर्गा पूजाको बिदा शुरु भयो, तर तृणमूल सरकारको समयमा राज्यका सरकारी कार्यालयहरूमा चतुर्थीदेखि बिदा शुरु भयो।
पहिला काली पूजामा केवल एक दिनको बिदा हुन्थ्यो जसलाई लगातार भाइ दूजसम्म बढाइएको थियो। त्यसैगरी पहिले जमाई षष्ठीमा कुनै बिदा थिएन, तर पछि आधा दिनको बिदा शुरु गरियो। छठ पूजा जुन पहिला केवल सम्बन्धित समुदायको लागि मात्र छुट्टी थियो जसलाई सबैका लागि सार्वजनिक बिदा घोषणा गरियो। सरकारी सूत्र अनुसार अब प्रणालीलाई सुधार गर्ने तथा कार्य संस्कृतिलाई फिर्ता ल्याउने उद्देश्यले छुट्टी क्यालेण्डरमा ठूलो फेरबदल गर्ने योजना बनाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा