विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशका ब्याडमिन्टन टोलीलाई बागडोगरा विमानस्थलमा स्वागत
विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशका ब्याडमिन्टन टोलीलाई बागडोगरा विमानस्थलमा स्वागत


सिलगढी, 14 नोभेम्बर (हि.स.)। १४ देखि २१ नोभेम्बर, २०२६ सम्म गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजना भइरहेको ४९औँ जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशका करिब १५० खेलाडी र उनीहरूसँग आएका अधिकारीहरू आज बागडोगरा विमानस्थल आइपुगे। आन्ध्र प्रदेश, छत्तीसगढ, दिल्ली, गोवा, गुजरात, हरियाणा, हिमाचल प्रदेश, झारखण्ड, कर्नाटक, मध्य प्रदेश, मणिपुर, मिजोरम, नागाल्यान्ड, पुडुचेरी, पञ्जाब, राजस्थान, तमिलनाडु, तेलङ्गाना र उत्तर प्रदेशका टोलीहरू आइपुगेका छन्।

आगमन भएका टोलीहरूलाई योजना तथा विकास विभागका सहायक निर्देशक (सूचना प्रविधि) एवं ब्याडमिन्टन प्रतियोगिताका सहभागीहरूको व्यवस्थापन तथा यातायात समन्वयका लागि नोडल अधिकारी अमर्त्य राज गुरुङले सिक्किम ब्याडमिन्टन सङ्घ (बीएएस) का कार्यकारी सदस्यहरू डा. देपेन्द्र ढकाल र अरुण बस्नेतसँगै स्वागत गरे।

टोलीहरूलाई गान्तोकसम्मको आगामी यात्राका लागि सहज बनाउन बस तथा अन्य सवारीसाधनसहित यातायातको व्यवस्था गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande