
कोलकाता, १४ नोभेम्बर (हि.स.)। आगामी गंगासागर मेलामा तीर्थयात्री तथा पर्यटकहरूको बढ्दो मागलाई ध्यानमा राख्दै प्रशासनले महत्त्वपूर्ण निर्णय गरेको छ। एकै दिनमा गंगासागरको दर्शन गरी फर्कन चाहने श्रद्धालुहरूको सुविधाका लागि करिब १० वटा हेलिकप्टर परिचालन गरिने भएको छ। एक वरिष्ठ अधिकारीले शनिबार यसबारे जानकारी दिएका हुन्।
यस नयाँ सेवाबाट श्रद्धालुहरूलाई मात्र नभई प्रशासनिक अधिकारीहरूलाई समेत सुविधा पुग्नेछ। हेलिकप्टर सेवामार्फत अधिकारीहरूले गंगासागरमा आफ्नो आधिकारिक काम सम्पन्न गरी सोही दिन फर्कन सक्नेछन्।
पश्चिम बंगालका मुख्य सचिव मनोज अग्रवालले रातभर त्यहाँ नबसी गंगासागरको यात्रा पूरा गर्न चाहने तीर्थयात्री तथा आगन्तुकहरूमाझ हेलिकप्टर सेवाको माग बढिरहेको बताएका छन्।
उल्लेखनीय छ, २०२५ को गंगासागर मेलाका क्रममा तत्कालीन तृणमूल कांग्रेस सरकारले आकस्मिक स्वास्थ्य उद्धार, हवाई निगरानी तथा यात्रु ओसारपसारका लागि हेलिकप्टर परिचालन गरेको थियो। प्रत्येक वर्ष आयोजना हुने यस मेलामा पुण्य स्नान गर्न लाखौँको सङ्ख्यामा श्रद्धालुहरू आउने गर्छन्।
प्रस्तावित हेलिकप्टर सेवाको मुख्य उद्देश्य वार्षिक तीर्थयात्राका क्रममा द्वीपसम्म छिटो र सहज यातायात सम्पर्क उपलब्ध गराउनुका साथै श्रद्धालुहरूको यात्रालाई थप सुविधाजनक बनाउनु रहेको छ।
हिन्दुस्थान समाचार / बिशाल