नारनौलः चलानको जाली म्यासेज पठाएर मालीको खाताबाट लाखौँको रुपियाँ ठगी
साइबर क्राइम थाना नारनाैल


नारनेल, 14 नोभेम्बर (हि.स.)। जिल्लाको नाङ्गल चौधरी क्षेत्रमा साइबर ठगहरूले बाइक चलानको नाममा एकजना व्यक्तिलाई आफनो शिकार बनाएका छन्। ठगहरूले उनको मोबाइलमा चलानसँग सम्बन्धित नक्कली सन्देशहरू पठाएर लिङ्क पठाए। लिङ्कमा क्लिक गर्नसाथ मोबाइलमा एपीके फाइल डाउनलोड भयो। त्यसपछि मोबाइल हेङ्ग सिमले काम गर्न बन्द गऱ्यो। केही समयभित्रै ठगहरूले पीड़ितका दुई वटा ब्याङ्क खाताबाट चार पटक लेनदेन गरी 11,997 रुपियाँ निकाले। ठगी भएको त्यसबेला प्रकाशमा आयो जतिबेला पीडितलाई रकम काटिएको सन्देश ब्याङ्कबाट प्राप्त भयो।

उजुरीको आधारमा पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।

पुलिस प्रवक्ताले शनिवार बताए, नियामतपुर गाउँका बासिन्दा गौरव बीडीओ कार्यालयमा मालीको पदमा कार्यरत् छन्। उनले पुलिसमा गरेको उजुरीमा बताए, उनको मोबाइलमा बाइकको चलानसित सम्बन्घित सन्देश आएको थियो। सन्देशमा चालान भुक्तान गर्नको लागि लिङ्क दिइएको थियो। उनले लिङ्क क्लिक गर्नसाथ मोबाइलमा एपीके फाइल डाउनलोड भयो। त्यसको लगत्तै उनको मोबाइल बन्द भयो र सिमले पनि काम गर्न छोड़्यो।

गौरव अनुसार गत 30 अक्टोबरको साँझ उनको मोबाइलमा ब्याङ्क खाताबाट पैसा निकालिएको सन्देश आउन थाल्यो। अनुसन्धानमा हरियाणा ग्रामीण ब्याङ्कको खाताबाट तीन किस्तामा 50 हजार, 9997 र 5999 रुपियाँ निकालिएको पाइएको छ। सोही समयमा एसबीआईको खाताबाट 46 हजार रुपियाँ निकालिएको थियो।

यसरी ठगहरूले चार लेनदेन मार्फत मोठ 11,997 रुपियाँ निकाले। त्यसपछि आफू ठगिएको शङ्का लागेर पीडितले आफ्नो साथीको मोबाइलबाट साइबर हेल्पलाईन नम्बर 1930- मा उजुरी दर्ता गराए। साइबर पोर्टलमा दर्ता गरिएको उजुरी र उपलब्ध जानकारीको आधारमा पुलिसले मुद्दा दर्ता गरेको छ। पुलिसले नक्कली लिङ्क, एपीके फाइल र ब्याङ्क खातामा भएको लेनदेनको जाँच गरेर अभियुक्तहरूसम्म पुग्ने प्रयास गरिरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande