अमेरिकामा उडानमाथि लगाइएको प्रतिबन्ध चार घण्टापछि हटाइयो, ८ हजार उडान रद्द
अमेरिका में उड़ानों पर लगी रोक चार घंटे बाद हटाई गई


वाशिङ्टन, १४ नोभेम्बर (हि.स.)। अमेरिकामा हवाई ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार करिब चार घण्टासम्म देशभर विमान उडान रोक्नुपरेको थियो। संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षाको कारण देखाउँदै देशभरका विमानस्थलमा उडान रोक्न आदेश दिएको थियो। यद्यपि, चार घण्टापछि उडानमाथि लगाइएको प्रतिबन्ध हटाइएको छ।

एफएएको उक्त आदेशका कारण यस अवधिमा ८ हजारभन्दा बढी उडान रद्द भए भने करिब १५ लाख यात्रु प्रभावित भएका छन्। सामान्य अवस्था पुनःस्थापित हुने क्रममा शनिबार पनि ठूलो संख्यामा उडानहरू रद्द गर्नुपरेको थियो।

ट्रम्प प्रशासनका अधिकारीहरूले अहिलेसम्म कुनै साइबर आक्रमणको संकेत नदेखिएको र यो अवस्था ९/११ जस्तो नभएको दाबी गरेका छन्। अमेरिकी होमल्यान्ड सेक्युरिटी सचिव मार्कवेन मुलिनले देशभरका विमानस्थलमा लागू गरिएको ग्राउन्ड स्टप (उडान तथा विमान आवागमनमा अस्थायी रोक) पछाडि राष्ट्रिय सुरक्षासँग सम्बन्धित कुनै खतरा रहेको संकेत नपाइएको बताएका छन्। उनले यो दूरसञ्चार प्रणालीमा आएको अवरोधका कारण भएको स्पष्ट पारेका छन्। साथै, उनले यात्रुहरू र उनीहरूका परिवारलाई सबैको सुरक्षा सुनिश्चित रहेको भन्दै आश्वस्त पारेका छन्।

उल्लेखनीय छ, अमेरिकामा ११ सेप्टेम्बर, २००१ मा भएको आतङ्कवादी हमलापछि देशभरको हवाई उडान सञ्चालन एकैपटक व्यापक रूपमा प्रभावित भएको यो दोस्रो घटना हो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande