पाकिस्तानको खैबर पख्तुनख्वा र बलुचिस्तानमा मेजरसहित चार सैनिकको मृत्यु, २४ आतङ्कवादी मारिए
मेजर ओमर मिन्हास नासिर, हवलदार मोहम्मद अदनान खान, हवलदार अस्मत अली और नायक आफताब अली (बाएं से दाएं)। फोटो - आईएसपीआर वाया डान


इस्लामाबाद (पाकिस्तान), १५ नोभेम्बर (हि.स.)। पाकिस्तानको अशान्त प्रान्त बलुचिस्तान र खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तानमा गुप्तचर सूचनाका आधारमा सञ्चालन गरिएको सैन्य कारबाहीमा एक मेजरसहित चार सैनिकको मृत्यु भएको छ भने २४ जना आतङ्कवादी मारिएका छन्। पाकिस्तान सशस्त्र बलको एकीकृत सञ्चार तथा जनसम्पर्क शाखा इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले शनिबार जारी गरेको विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको हो।

डन अखबारको समाचारअनुसार, विज्ञप्तिमा १३ नोभेम्बरदेखि सशस्त्र बलले ‘कोलपुर, करदागाप र नुश्की आसपास’ सैन्य अभियान शुरु गरेको उल्लेख छ। क्वेटा-ताफ्तान राष्ट्रिय राजमार्ग-४० मा सुरक्षा गस्तीसमेत बढाइएको थियो। १३ र १४ नोभेम्बरको राति कोलपुरमा सुरक्षा बलले एक आत्मघाती आक्रमणकारीसहित आठ जना आतङ्कवादीलाई मारेको थियो। यस क्रममा ठूलो परिमाणमा हतियार तथा गोलीगट्ठा पनि बरामद गरिएको थियो।

त्यसपछि १४ नोभेम्बरमा आतङ्कवादीहरूले हतियार जडित क्वाडकप्टर (ड्रोन) प्रयोग गरी गस्तीमा रहेका सैनिक वाहनलाई निशाना बनाएका थिए। उक्त आक्रमणमा चकवाल जिल्लाका मेजर उमर मिन्हास नासिर र कोटली सत्तियाँका हवल्दार मोहम्मद अदनान खानको मृत्यु भएको थियो।

आईएसपीआरले अर्को विज्ञप्तिमार्फत उत्तरी वजिरिस्तानमा भएको मुठभेडमा दुई सैनिकको मृत्यु भएको र १६ जना आतङ्कवादी मारिएको जनाएको छ। उत्तरी वजिरिस्तानको मिर अली, दत्ता खेल तथा आसपासका क्षेत्रमा आतङ्कवादीका अखडालाई निशाना बनाइएको थियो।

आईएसपीआरका अनुसार, पछिल्लो १२ घण्टासम्म चलेको भीषण गोलीबारीपछि अली खेलमा १२ जना आतङ्कवादी मारिएका थिए। यसबाहेक मिर अली र दत्ता खेलमा दुई-दुई जना आतङ्कवादी मारिएका थिए। यी सैन्य कारबाहीका क्रममा ४३ वर्षीय हवल्दार अस्मत अली र ३२ वर्षीय नायक आफताब अलीले ज्यान गुमाएका थिए।


 rajesh pande