ब्याडमिन्टन च्याम्पियनशिपको समापन समारोहमा सहभागी हुन राज्यपाललाई निमन्त्रणा
ब्याडमिन्टन च्याम्पियनशिपको समापन समारोहमा सहभागी हुन राज्यपाललाई निमन्त्रणा


गान्तोक, 16 नोभेम्बर (हि.स.)। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमका अध्यक्ष जेकब खालिङको नेतृत्वमा एसोसिएशनका कार्यकारी सदस्यहरूले सोमवार लोकभवनमा राज्यपाल दुष्यन्त गौतमसँग शिष्टाचार भेट गरेका छन्।

यस भेटको क्रममा प्रतिनिधिमण्डलले राज्यपाललाई राज्यमा आयोजित भइरहेको 49औँ योनेक्स-सनराइज जुनियर नेशनल ब्याडमिन्टन च्याम्पियनशिप 2026 को समापन समारोहमा मुख्य अतिथिका रूपमा सामेल हुन औपचारिक रूपमा आमन्त्रित गरे।

ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाको तत्त्वावधानमा ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमद्वारा आयोजित यो राष्ट्रिय प्रतियोगिता 14 देखि 21 नोभेम्बर, 2026 सम्म गान्तोकस्थित पाल्जोर स्टेडियम कम्प्लेक्सको इण्डोर ब्याडमिन्टन हलमा जारी छ। यो सिक्किमको खेल इतिहासमा एक महत्त्वपूर्ण उपलब्धि हो किनभने राज्यले पहिलोचोटि राष्ट्रियस्तरको ब्याडमिन्टन च्याम्पियनशिप आयोजना गर्दैछ।

भेटको क्रममा अध्यक्षले राज्यपाललाई प्रतियोगिताको खाँका र तयारीलाई लिएर अवगत गर्दै यस प्रतियोगितामा देशका विभिन्न राज्य र केन्द्र शासित प्रदेशका 33 टोलीमा उदीयमान युवा खेलाड़ी (अण्डर-19 वर्ग) भाग लिइरहेको, जसमा कैयौँ राष्ट्रिय तथा अन्तरराष्ट्रिय पदक विजेता पनि सामेल रहेको बताए।

राज्यपालले ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको सराहना गर्दै भने, “यस्ता राष्ट्रियस्तरको आयोजनाले स्थानीय युवाहरूलाई खेलप्रति प्रेरित मात्रै नगरेर देशभरिबाट आएका खेलाड़ीहरूको माध्यमबाट ‘एक भारत, श्रेष्ठ भारत’ को भावनालाई प्रोत्साहन गर्दछ।” राज्यपालले आमन्त्रण स्वीकार गर्दै आफ्नो स्वीकृति दिएको लोकभवनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande