
गान्तोक, 16 नोभेम्बर (हि.स.)। राज्यपाल दुष्यन्त गौतमले सोमवार राज्यकी प्रथम महिला लक्ष्मी गौतमसँग लोकभवन परिसरस्थित कर्मचारीको आवासीय क्वार्टरको निरीक्षण गरे र त्यहाँ उपलब्ध बुनियादी सुविधाको जायजा लिए। यस निरीक्षणअवधि राज्यपालका आयुक्त तथा सचिव जितेन्द्र सिंह राजे पनि उपस्थित रहेको लोकभवनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
निरीक्षणको क्रममा राज्यपालले विभिन्न आवासीय ब्लकको भ्रमण गरे र कर्मचारी तथा उनका परिजनसँग संवाद गरेर उनीहरूका आवश्यकताबारे जानकारी लिए। उनले आवासको वर्तमान स्थिति, स्वच्छता, पेयजल आपूर्ति तथा अन्य आवश्यक व्यवस्थाको पनि अवलोकन गरेको विज्ञप्तिमा बताइएको छ।
कैयौँ घरको स्थितिलाई ध्यानमा राख्दै राज्यपालले मरम्मत र आवश्यक सुधार हेतु महत्त्वपूर्ण सुझाउ दिए। यस अवसरमा कर्मचारीहरूलाई सम्बोधित गर्दै राज्यपालले भने, “मसित जोड़िएका प्रत्येक कर्मचारीका लागि सुविधाहरूको उचित व्यवस्था मेरो सर्वोच्च प्राथमिकता हो। राजभवनको सुचारू सञ्चालनमा हाम्रा कर्मचारीको योगदान अत्यन्त महत्त्वपूर्ण छ र उनीहरू र उनीहरूका परिवारजनका लागि बसोबास गर्न एक स्वच्छ, सुरक्षित तथा गरिमापूर्ण जीवन-परिवेश प्रदान गरेको सुनिश्चित गर्नु हाम्रो दायित्व हो।”
---------------
हिन्दुस्थान समाचार / बिशाल