तिलक समारोहबाट फर्किरहेको स्कर्पियो गाडी नहरमा खस्यो, छ जनाको मृत्यु, एक गम्भीर घाइते
अररिया फोटो:पलटी स्कॉर्पियो गाड़ी


अररिया फोटो:लोग रेस्क्यू करते


अररिया, १९ नोभेम्बर (हि.स.)। बिहारको अररिया जिल्लाको ताराबाडी थाना क्षेत्रअन्तर्गत बीडी पुलनजिक बुधबार राति एउटा स्कर्पियो गाडी अनियन्त्रित भएर नहरमा पल्टिँदा छ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अररिया सदर अस्पतालमा भर्ना गरिएको छ।

प्राप्त जानकारीअनुसार, स्कर्पियो गाडीमा सात जना सवार थिए। उनीहरू सबै तिलक समारोहमा सहभागी भएर फर्किरहेका थिए। यसै क्रममा बीडी पुलनजिक चालकले गाडीमाथिको नियन्त्रण गुमाउँदा स्कर्पियो पुलबाट तल नहरमा खसेको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ ताराबाडी थानाध्यक्षसहित पुलिस टोली घटनास्थलमा पुगेको थियो। स्थानीय बासिन्दाको सहयोगमा नहरबाट सातै जनालाई बाहिर निकालेर उपचारका लागि अररिया सदर अस्पताल पठाइएको थियो। अस्पतालमा ड्युटीमा रहेका चिकित्सक नीरज कुमार र मुख्यालयका प्रहरी उपाधीक्षक रजनीश कुमारले छ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। गम्भीर घाइते एक जनाको उपचार भइरहेको छ।

जानकारीअनुसार, स्कर्पियोमा सवार व्यक्तिहरू सिकटी थाना क्षेत्रको भपटियाहीबाट तिलक समारोहमा सहभागी भएर सुपौल जिल्लाको पिपरा बजार जाँदै थिए। मृत्यु हुने सबै जना सुपौल जिल्लाका बासिन्दा रहेको बताइएको छ।

यसैबीच, जेसीबी र स्थानीय बासिन्दाको सहयोगमा दुर्घटनाग्रस्त स्कर्पियो गाडीलाई नहरबाट बाहिर निकालिएको छ। घटनास्थलमा ठूलो सङ्ख्यामा स्थानीय बासिन्दाको उपस्थिति रहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande