ब्रेक फेल भएको टोटो नदीको किनारमा नुहाइरहेका महिलाहरूमाथि झऱ्यो, एकजना महिलाको मृत्यु
नदी में गिरा टोटो


मुर्शिदाबाद, 21 नोभेम्बर (हि.स.)। रघुनाथगञ्जको भगिरथी नदीमा अवस्थित सदर घाटमा शनिवार बिहान एउटा दुःखदायी दुर्घटनामा टोटोको चपेटमा परी एकजना महिलाको मृत्यु भयो। मृतकको पहिचान जाबा रानी साहाको रूपमा भएको छ। उनी रघुनाथगञ्ज पुलिस थाना अन्तर्गत भागीरथी पल्लीकी बासिन्दा थिइन्।

यात्रुहरूलाई उतारेपछि घाट नजिकै पार्क गरिएको टोटो अचानक ब्रेक फेलको कारणले अनियन्त्रित भएर नदीको किनारमा नुहाइरहेका महिलाहरूमाथि झऱ्यो। यस दुर्घटनामा जाभा रानी साहालाई गम्भीर चोट लाग्यो। उनलाई तत्कालै जङ्गिपुर उपमण्डल अस्पतालमा लगियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए।

स्थानीय बासिन्दा गुलाबी हलदार अनुसार शनिवार बिहान लगभग 10 बजे एउटा टोटो यात्रुहरूलाई लिएर रघुनाथगञ्ज सदर घाटमा आएको थियो। यात्रुहरू उत्परेछि चालकले टोटोलाई घाट नजिकै पार्क गर्ने प्रयास गरिरहेका थिए। यसैबीच अचानक टोटोको ब्रेक फेल भयो। ब्रेक फेल भएपछि टोटो अनियन्त्रित भएर नदीतिर गयो जसले नदीको किनारमा नुहाइरहेका महिलाहरूलाई आफ्नो चपेटमा लियो। दुर्घटनामा जाभा रानी साहा गम्भीर रूपमा घाइते भइन्।

घटनापछि स्थानीय मानिसहरूले घाइते महिलालाई अस्पतालमा पुऱ्याए, तर उनको ज्यान बचाउन सकेनन्। अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरिदिए। दुर्घटनाको खबर फैलिएपछि रघुनाथगञ्ज सदर घाटमा भीड़ जम्मा भयो। मृतकको परिवार शोकमा परेको छ। मृतकका पति सुकुमार साहाले पनि घटनाको बारेमा आफ्नो कुरा राखे।

नदीमा झरेको टोटोलाई बाहिर निकाल्ने व्यवस्था प्रशासनले गरिरहेको छ। बिहान घाटमा भएको दुःखद दुर्घटनाले यस क्षेत्रमा शोक र चिन्ताको वातावरण सिर्जना गरेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande