लागुऔषधको दुर्व्यसनी छोराद्वारा धारिलो हतियार प्रहार गरी पिताको हत्या, पक्राउ
लागुऔषधको दुर्व्यसनी छोराद्वारा धारिलो हतियार प्रहार गरी पिताको हत्या, पक्राउ


जलपाइगढ़ी, २१ नोभेम्बर (हि.स.)। जलपाइगढ़ी शहरमा शनिवार बिहान हृदयविदारक घटना सार्वजनिक भएको छ। यहाँ लागुऔषधको दुर्व्यसनमा फसेका एक व्यक्तिमाथि आफ्नै पिताको हत्या गरेको आरोप लागेको छ। घटना शुक्रवार राति शहरको नेताजीपाड़ा क्षेत्रमा भएको हो। मृतकको पहिचान ६५ वर्षीय एपी लेप्चाका रूपमा भएको छ भने आरोपी छोराको नाम ४५ वर्षीय पल लेप्चा बताइएको छ।

स्थानीय स्रोत अनुसार, एपी लेप्चा आफ्ना छोरा पलसँग एउटै घरमा बस्दै आएका थिए। शुक्रवार राति अचानक छोराले धारिलो हतियारले आफ्नै पितामाथि आक्रमण गर्यो। घाँटीमा गम्भीर चोट लागेका कारण वृद्ध रगतले लतपतिएर भुइँमा ढले।

घटनाको जानकारी प्राप्त हुनासाथ कोतवाली थानाको पुलिस घटनास्थलमा पुग्यो र घाइते वृद्धलाई तत्काल जलपाइगढ़ी मेडिकल कलेज तथा अस्पताल पुर्यायो। त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

स्थानीय बासिन्दाहरूको दाबी अनुसार, आरोपी पल लामो समयदेखि लागुऔषधको दुर्व्यसनमा थियो। उसलाई दुर्व्यसनबाट मुक्त गराउन यसअघि पनि धेरैपटक पुनर्स्थापना केन्द्र (रिह्याब सेन्टर) पठाइएको थियो।

पुलिसले हत्याको आरोपमा पल लेप्चालाई पक्राउ गरेको छ। हत्याको वास्तविक कारण पत्ता लगाउन कोतवाली थानाको पुलिसले अनुसन्धान शुरु गरेको छ।

/ बिशाल


 rajesh pande