चन्दननगर अस्पतालमा डिजिटल एक्स-रे सेवा शुरु, विधायक दीपाञ्जन गुहाद्वारा उद्घाटन
चंदननगर अस्पताल में डिजिटल एक्स-रे सेवा शुरू, विधायक दीपांजन गुहा ने किया उद्घाटन


हुगली, ०६ नोभेम्बर (हि.स.)। बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हुगली जिल्लाको चन्दननगर अस्पतालमा डिजिटल एक्स-रे सेवा शुरु गरिएको छ। शुक्रवार अस्पताल परिसरमा नयाँ डिजिटल एक्स-रे मेशिनको औपचारिक उद्घाटन चन्दननगरका विधायक दीपाञ्जन गुहाले गरे।

नयाँ मेशिन सञ्चालनमा आएपछि अस्पतालमा उपचारका लागि आउने बिरामीहरूले अझ् राम्रो एक्स-रे सेवा प्राप्त गर्नेछन्। आधुनिक डिजिटल प्रविधिबाट कम समयमा जाँचको रिपोर्ट उपलब्ध हुनुका साथै चिकित्सकहरूलाई रोग पहिचान गर्न पनि सहज हुनेछ।

विशेषगरी चन्दननगर अस्पतालमा निर्भर रहेका ठूलो सङ्ख्याका सर्वसाधारण यस सुविधाबाट लाभान्वित हुनेछन्। सरकारी अस्पतालको पूर्वाधार सुदृढ़ बनाउने र स्वास्थ्य सेवामा सुधार ल्याउने दिशामा यसलाई महत्त्वपूर्ण पहल मानिएको छ।

उद्घाटन समारोहमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए। नयाँ सेवा शुरु भएपछि बिरामी र उनीहरूका आफन्तहरूमा खुशी देखियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande