अमेरिकी सामानमा लगाइएको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्कको निलम्बन अवधि बढाइयो
8a7d7ba288ca0f0ea1ecf975b026e8e1_228884114.jpg


बेइजिङ, ०९ नोभेम्बर (हि.स.)। चीनले अमेरिकाबाट आयात हुने सामानमा लगाइएको अतिरिक्त २४ प्रतिशत भन्सार शुल्कको निलम्बन अवधि थप दुई महिनाका लागि बढाउने घोषणा गरेको छ। आगामी १० नोभेम्बरदेखि लागू हुने यस निर्णयअनुसार १० प्रतिशत भन्सार शुल्क भने यथावत् रहनेछ।

चीनको राज्य परिषद्अन्तर्गत भन्सार महसुल आयोगले सोमबार यसबारे जानकारी दिएको हो। यसअघि चीनले १० नोभेम्बर, २०२५ मा अमेरिकी सामानमाथि लगाइएको अतिरिक्त २४ प्रतिशत भन्सार शुल्क एक वर्षका लागि निलम्बन गरेको थियो।

वासिङ्टनमा चीन र अमेरिकाका नेताहरूबीच भएको बैठकमा बनेको सहमतिलाई कार्यान्वयन गर्ने क्रममा यो कदम चालिएको आयोगले जनाएको छ।

आयोगका अनुसार, अतिरिक्त भन्सार शुल्कको निलम्बनले दुवै देशका व्यवसायबीच सहकार्यका लागि स्थिर तथा स्पष्ट नीतिगत वातावरण निर्माण गर्न सहयोग पुग्नेछ। साथै, चीन-अमेरिका व्यापार तथा आर्थिक सम्बन्धको दिगो विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।


 rajesh pande