
नयाँ दिल्ली, 12 फरवरी (हि.स.)। संसदको बजेट सत्रको 12औं दिन बिहीवार कांग्रेस र अन्य विपक्षी दलहरूले संसद भवन परिसरको मकर द्वार बाहिर विरोध प्रदर्शन गरे। विपक्षी सांसदहरूले भारत-अमेरिका व्यापार सम्झौता विरुद्ध नाराबाजी गरे, लोकसभा अध्यक्षको कक्षमा विपक्षी सांसदहरूसित अभद्र व्यवहार गरेको आरोप लगाए र अन्य धेरै मुद्दाहरूलाई लिएर नारा लगाए।
प्रदर्शनमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, कांग्रेस महासचिव केसी वेणुगोपाल, प्रमोद तिवारी, राजीव शुक्ला, दीपेन्द्र हुड्डा, समाजवादी पार्टीका सांसद रामगोपाल यादव, धर्मेन्द्र यादव, जया बच्चन, प्रिया सरोज समेत भारी संख्यामा विपक्षी सांसदहरू उपस्थित रहे। प्रदर्शनकारी सांसदहरूले भारत-अमेरिका व्यापार समझौता विरूद्ध नारा लगाए। उनीहरूको हातहरूमा ब्यानर र पोस्टर थियो, जसमा एमएसपी बचाऊ, क्राइम हटाऊ, ट्रैप डील जस्ता नाराहरू लेखिएका थिए।
संसदीय कार्य मन्त्री किरेन रिजिजुले विपक्षी सांसदहरूले लोकसभा अध्यक्षको कक्षभित्र पसेर अभद्र व्यवहार गरेको आरोप लगाएपछि सांसद प्रियंका गान्धी वाड्राले भनिन्, हामीले कसैलाई दुर्व्यवहार गरेनौं। एक वा दुई सांसदहरू रिसाए र उनीहरूले आफ्नो विचार व्यक्त गरे। प्रियंकाले भनिन्, रिजिजुले भने कि म उनीहरूलाई उक्साइरहेको थिएँ, जुन झूटो हो। म चुपचाप बसे र अन्तमा केही कुराहरू शान्तपूर्वक भने।
राहुल गान्धी विरुद्ध विशेषाधिकार हनन प्रस्तावबारे कांग्रेस सांसद राजीव शुक्लाले भने कि भाजपा राहुल गान्धीको पछि लागेको छ किनभने उनले यति धेरै मुद्दाहरू उठाएका छन् जसको जवाफ भाजपासँग छैन। त्यसैले उनीहरूले उनलाई लक्षित गरिरहन्छन्, कहिले विशेषाधिकार प्रस्तावहरू ल्याउँछन्, कहिले संसदबाट निष्कासन गर्छन्। पण्डित नेहरूले देश बनाए, इन्दिरा गान्धीले देश बनाइन्, राजीव गान्धीले देश बनाए। राजीव गान्धीले आज हामीसँग रहेको मोबाइल फोन र आईटी क्षेत्रमा योगदान पुर्याशए। मनमोहन सिंहले आर्थिक सुधारहरू गरे। कांग्रेसले देश बनायो र भाजपाले यसलाई बेचिरहेको छ।
भारत-अमेरिका व्यापार सम्झौताको बारेमा कांग्रेस सांसद जेबी माथरले भने, के तपाईले कश्मीरबाट समाचार सुनेका छन् ? त्यहाँका आइफल उत्पादकहरूले पहिले नै आफ्नो व्यवसाय प्रभावित भएको बताएका छन्। देशका विभिन्न भागहरूबाट यस्तै प्रतिक्रियाहरू आउनेछ। के सबै क्षेत्र प्रभावित हुँदा विपक्ष चुप लागेर बस्नेछ ? हामी जनताको आवाज उठाइरहेका छौं। त्यसैले राहुल गान्धीले संसदमा स्पष्ट भाषण दिए।
हिन्दुस्थान समाचार / भवानी थामी