
नयाँ दिल्ली, 05 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले उत्साह र दृढ़ संकल्पको शक्तिलाई रेखांकित गर्दै एउटा संस्कृत उखान साझा गरे। उनले भने, जीवनमा सफलता प्राप्त गर्न उत्साह सबैभन्दा ठूलो शक्ति हुन्छ।
प्रधानमन्त्रीले आज एक्समा यो सुभाषित साझा गरेका छन्, “उत्साहो बलवानार्य नास्त्युत्साहात् परं बलम्। सोत्साहस्यास्ति लोकेऽस्मिन् न किञ्चिदपि दुर्लभम्॥”
यसको अर्थ हो, उत्साह सबैभन्दा ठूलो बल हो र उत्साही व्यक्तिको लागि यस संसारमा केही पनि दुर्लभ वा असम्भव छैन। प्रधानमन्त्रीको सन्देशले मानिसहरूलाई सकारात्मक सोच, कड़ा परिश्रम र दृढ़ संकल्पका साथ अगाड़ी बढ्न प्रेरित गर्दछ।
हिन्दुस्थान समाचार / भवानी थामी