पुणेमा पुरूलियाका प्रवासी मजदूरको हत्याको आरोप, जाँच शुरू
पुणेमा पुरूलियाका प्रवासी मजदूरको हत्याको आरोप, जाँच शुरू


पुरूलिया, 12 फरवरी (हि.स.)। महाराष्ट्रको पुणेमा पश्चिम बंगालबाट आएका एक प्रवासी कामदारको हत्या भएपछि पुरुलिया जिल्लामा शोक र आक्रोशको वातावरण छाएको छ। मृतकको पहिचान सुखेन महतो (31) को रूपमा गरिएको छ। उनी पुरुलिया जिल्लाको बड़ाबजार थाना अन्तर्गत तुमड़ाशोलका बासिन्दा थिए।

पुलिस अनुसार सुखेन महतो कुर्मी जनजातिका थिए। उनी 2021 देखि पुणेमा मजदुरको रूपमा काम गर्दै आएका थिए र आफ्नो जेठो दाज्यू तुलसीराम महतोसँग कोरेगाउँ भीमा क्षेत्रमा रहेको अटो पार्ट्स निर्माण कम्पनीमा काम गर्थे। उनका कान्छा भाइ पनि पुणेको वेल्डिङ युनिटमा काम गर्छन्। सुखेन महतो परिवारको एक मात्र कमाउने व्यक्ति भएको बताइएको छ।

जानकारी अनुसार, बुधवार दिउँसो सुखेन महतोको रगतले लतपतिएको शव पुणेको शिकारपुर थाना क्षेत्रको कोरेगाउँ भीमा क्षेत्रमा भेटिएको थियो। उनी मंगलवार दिउँसो 3 बजीको शिफ्टको समयमा ड्युटीमा रहेको बताइएको छ। उनको शव उनको कार्यस्थलबाट लगभग 500 मिटर टाढ़ा फेला परेको थियो। जानकारी पाएपछि महाराष्ट्र पुलिसले शव पोस्टमार्टमको लागि पठाएको छ।

मृतकका जेठा दाजु तुलसीराम महतोले शिकारपुर थानामा हत्याको उजुरी दर्ता गरेका छन्। उनले घटना भएको दिन आफू रात्रिकालीन काममा रहेको र बुधवार घटनाबारे थाहा पाएको बताए। उनले एम्बुलेन्सबाट पुरुलिया पुर्या उन लगभग ₹70,000 लाग्ने र घर पुग्न लगभग 36 घण्टा लाग्ने बताए।

परिवारले सुखेनको कुटेरै हत्या गरिएको आरोप लगाएको छ। परिवारले उनलाई बंगाली भएको कारण निशाना बनाएको आशंका गरेको छ। यद्यपि, पुलिसले यो दाबीलाई आधिकारिक रूपमा पुष्टि गरेको छैन।

अधिकारीहरूले सबै पक्षहरूको अनुसन्धान भइरहेको बताएका छन्। बुधवार रातिसम्म यस घटनामा कोही पनि पक्रा परेको रिपोर्ट गरिएको छैन।

अर्कोतिर, घटनाको जानकारी पाएपछि पुरुलिया जिल्ला तृणमूल कांग्रेसका नेताहरूले मृतकको घरमा गएर परिवारसँग भेट गरेका छन्। जिल्ला अध्यक्ष तथा प्रदेश महासचिव शान्तिराम महतोले घटनाको निन्दा गर्दै प्रवासी कामदारलाई बंगाली बोलेको कारण कुटपिट गरी हत्या गरिएको आरोप लगाएका छन्। उनले दोषीलाई तत्काल पक्राउ गर्न माग गर्दै परिवारलाई हर सम्भव सहयोगको आश्वासन दिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande