
पश्चिम मेदिनीपुर, 16 फरवरी (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको डेबरा ब्लकस्थित हासिमपुर क्षेत्रमा राज्य सरकारको पथश्री परियोजना अन्तर्गत सोमवार बिहान सड़क निर्माण कार्यको शुभारम्भ गरियो।
कार्यको उद्घाटन डेबरा विधानसभाका विधायक डा. हुमायुँ कबीरले गरे। यस अवसरमा डेबरा पञ्चायत समितिका लोकनिर्माण विभागीय कार्याध्यक्ष सितेश धाड़ा सहित अन्य जनप्रतिनिधि अनि स्थानीय निवासीहरू उपस्थित थिए।
स्थानीय सामाजिक कार्यकर्ता जीवन रामले बताए, हासिमपुर क्षेत्रमा पछिल्लो लामो समयदेखिकै श्रेष्ठ सड़क सम्पर्कको माग गरिँदै थियो। पथश्री परियोजना अन्तर्गत नयाँ सड़क बनिएपछि क्षेत्रको आवागमन व्यवस्था सहज हुनका स्थानीय मानिसहरूलाई सुविधा हुनेछ।
विधायकले आफ्नो सम्बोधनमा भने, ग्रामीण क्षेत्रहरूका आधारभूत ढाँचाको विकास गर्न राज्य सरकार प्रतिबद्ध छ। सड़क निर्माण कार्य पूरा भएपछि क्षेत्रको समग्र विकासले गति पाउनेछ अनि आम जनता सोझै लाभान्वित हुनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा