रमेन बोरा र जिन्टु भट्टचार्यलाई श्रेष्ठ चित्रीनाट्यको लागि डा. भवेन्द्रनाथ सैकिया पुरस्कार
रमेन बोरा र जिन्टु भट्टचार्यलाई श्रेष्ठ चित्रीनाट्यको लागि डा. भवेन्द्रनाथ सैकिया पुरस्कार


गुवाहाटी, 16 फरवरी (हि.स.)। रमेन बोरा र जिन्टु भट्टचार्यलाई वर्ष 2020- को लागि श्रेष्ठ चित्रनाट्यको डा. भवेन्द्रनाथ सैकिया पुरस्कारद्वारा सम्मानित गरियो। उनलाई यो सम्मान असमिया फिल्म ‘मंटुर मनटो’- को लागि प्रदान गरिएको हो।

यो पुरस्कार गुवाहाटीस्थित श्रीमन्त शंकरदेव कलाक्षेत्रमा आयोजित नवम् असम राज्य फिल्म पुरस्कार समारोहमा गए राती प्रदान गरियो। समारोहमा फिल्म जगतसित सम्बन्धित धेरैजना विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

डा. भवेन्द्रनाथ सैकिया पुरस्कारको नाम प्रख्यात फिल्मकार एवं साहित्यकार भवेन्द्रनाथ सैकियाको नाममा राखिएको हो। यो पुरस्कार असमिया सिनेमामा उत्कृष्ट चित्रनाट्य लेखनको लागि दिइन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande